काठमाडौं । टीभीएस मोटर्सले आफ्नो पहिलो एड्भेन्चर मोटरसाइकल ल्याउने तयारी थालेको छ । कम्पनीले भारतमा आरटीएक्स ३०० को पेटेन्ट दर्ता गराएको हो ।
कम्पनीले भारत मोबिलिटी एक्स्पो २०२५ मा देखाएको मोटरसाइकल यही महिनाको अन्त्यसम्ममा सार्वजनिक गर्ने अनुमान गरिएको छ । यसको मूल्य २ लाख (एक्स शोरुम) भारतीय रुपैयाँ हाराहारीमा हुने अनुमान गरिएको छ ।
यसअघि भारतमा यो मोटरसाइकल धेरै पटक परिक्षण भइरहेको देखिएको छ । टीभीएसले २०२४ को अन्त्यमा भएको मोटोसोल २०२४ मा पहिलो पटक ३०० सीसी इन्जिन प्रदर्शन गरेको थियो ।
अनरोड तथा अफरोड दुबैका लागि तयार पारिएको आरटीएक्स ३०० मा डबल पर्पस टायर, यूएसडी फर्क सस्पेन्सन, लगेज र्याक दिइनेछ ।
सेमी फियर्ड डिजाइनमा देखिएको एड्भेन्चर मोटरसाइकलको फ्रन्टमा टल भाइजर, टीएफटी डिस्प्ले, अलोय ह्वील, ट्युबलेस टायर, एलईडी लाइट, एलईडी इन्डिकेटर, स्प्लीट सिट, डिस्क ब्रेक, अपस्वेप्ट एक्जष्ट पाउन सकिन्छ ।
यसमा स्मार्ट फोन कनेक्टिभिटी, राइडिङ मोड, ट्रयाक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, डबल च्यानल एबीएस लगायत फिचरहरू पाउन सकिन्छ ।
यस एड्भेन्चर मोटरसाइकलमा कम्पनीले २९९ सीसी क्षमताको आरटी–एक्सडीफो सिस्टमको नयाँ इन्जिन प्रयोग गरेको छ । यो इन्जिनले अधिकतम ३५.४५ पीएस पावर तथा २८.५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्ससँगै स्लिपर र असिस्ट क्लच पाउन सकिन्छ ।

