३७ किलोमिटर माइलेजकासाथ आउँदै, नयाँ अल्टो पुरानोभन्दा के फरक ?

नयाँ जेनेरेशनको मारुती अल्टो यसै वर्षको अन्त्यमा सार्वजनिक हुने भएको छ । कम्पनीले यस कारलाई २०१९ को अन्त्यमा सार्वजनिक गर्ने जनाएको छ । 

कम्पनीले अल्टोमा भारतीय इमिसन मापदन्डअनुसारको इन्जिन तथा सेफ्टी–नर्मसअनुसारको फिचरहरू दिने बताएको छ । 

अहिले मारुती अल्टो अहिले ०.८ लिटर र १.० लिटर गरी दुई पेट्रोल इन्जिन भेरियन्टमा उपलब्ध छ । यसको ०.८ लिटर, एफ–८ डी ७९६ सीसी थ्री–सिलिन्डर इन्जिन दिइएको छ । यसमा लगाइएको इन्जिनले ४८ बीएचपी पावर र ६९ एनएम–टर्क उत्पादन गर्छ । 

त्यस्तै, अल्टो के–१० मा, के–१० बी ९९८ सीसी थ्री–पट पेट्रोल इन्जिन दिइएको छ । जसले ६७ बीएचपी पावर र ९० एनएम–टर्क जेनेरेट गर्छ । यसमा फाइभ–स्पीड म्यानूअल ट्रान्समिसन जडान गरिएको छ । 

विभिन्न रिपोर्टकाअनुसार नयाँ जेनेरेशनको मारुती अल्टोमा आरओ–६ ए–६५८ सीसी थ्री–सिलिन्डर इन्जिन दिइने छ । जुन जापान–स्पेकमा पनि प्रयोग गरिएको छ । यसमा लगाइएको इन्जिनले ५० बीएचपी पावर र ६३ एनएम–टर्क उत्पादन गर्छ । यसको फ्यूल इफिसेन्सी ३७ किलोमिटर प्रतिलिटर रहने छ । 

नयाँ अल्टो फिफ्थ–जेनेरेशनको हर्टेक्क प्लेटफर्ममा निर्माण गरिनेछ । जुन प्लेटर्फममा २०१९ वागेन–आरमा पनि उत्पादन गरिएको छ । 


Back_to_top