थप सुरक्षा फिचरसहित, रेनो क्वीड सार्वजनिक

फ्रान्सेली कार उत्पादक कम्पनी रेनोले भारतीय बजारलाई ध्यानमा राख्दै उत्पादन गरेको इन्ट्रीलेवल कार क्वीड नयाँ फिचरका साथ सार्वजनिक भएको छ ।  

इन्ट्रीलेवल कारमा भइरहेको प्रतिस्पर्धा तथा सुरक्षा फिचरलार्इ मध्यनजर गर्दै २०१९ रेनो क्वीड भारतीय बजारमा ल्याएको कम्पनीले जनाएको छ । 

सुरक्षा फिचरहरु थप भएर आएपनि भारतीय बजारमा यसको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन । 

रेनाेले क्वीडमा एबीएस, ड्रार्इभर साइड एयरव्याग, सिटबेल्ट वार्निङ, रिर्वस पार्किङ क्यामेरा, हाइ स्पीड अर्लट जस्ता फिचर थप गरेर सार्वजनिक गरेको छ । यसका साथै क्वीडमा एप्पलकार प्लेसमेत थप भएको छ । 

कम्पनीले कारको प्राविधिकरुपमा कुनै परिवर्तन गरेको छैन । भारतीय बजारमा क्वीडको धेरै अप्सन रहेको छन् जसमध्ये ८०० सीसी र १००० सीसी रहेको छ । नेपाली बजारमा भने हाल १००० सीसी भेरियन्ट मात्र उपलब्ध रहेको छ । 

यो १००० सीसी भेरियन्ट क्वीडले ६८ पीएस पावर र ९१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड मेनुअल तथा अटोमेटीक दुबै भर्सनमा उपलब्ध रहेको छ । 


Back_to_top