काठमाडौं । केटीएम ३९० एड्भेन्चको २०२५ मोडल नेपाली बजारमा सार्वजनिक हुने भएको छ । केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले केटीएम ३९० एड्भेन्चर नेपाल ल्याउने तयारी थालेको हो ।
कम्पनीले केही समयअघि मात्र नक्शालमा केटीएमको नयाँ शोरुम संचालनमा ल्याएको थियो । उक्त शोरुम उद्धघाटन कार्यक्रममा कम्पनीका निर्देशक अभिमन्यू गोल्छाले केटीएम ३९० एड्भेन्चर चाँडै नेपाली बजारमा ल्याउने बताएका थिए ।
नेपालमा अहिले पनि केटीएम ३९० एड्भेन्चरको बिक्री भइरहेको छ । तर, नयाँ मोडल ३९० एड्भेन्चरमा भने व्यापक परिर्वतन भएर आउने छ ।
२०२५ मोडल केटीएम ३९० एड्भेन्चर डकार प्रेरित डिजाइनमा तयार पारिएको छ । यसको फ्रन्ट लुक यार्ली स्टाइलको छ । भने साइड प्यानलाई अझ ठूलो पारिएको छ । फ्रन्टमै भर्टिकल स्टायक एलईडी प्रोजेक्टर हेडल्याम्प दिइएको छ । रेगुलर मोडल ३९० एड्भेन्चरको तुलनामा २०२५ मोडल एकदमै आक्रामक डिजाइनम तयार पारिएको छ ।
यसका कम्पनीले विभिन्न नयाँ फिचरहरूका साथ ल्याउने छ । केटीएम ३९० एड्भेन्चरमा ३९८.७ सीसी सिंगल सिलिण्डर, फोर भल्भ, लिक्विड कुल्ड, डीओएचसी इन्जिन रहेको छ । यो इन्जिनले४६ पीएस पावरका साथै ३९ एनएम टर्क जेनेरेट गर्छ । यमसा ६ स्पीड गियरबक्सका साथै, १६७ किलोमिटर प्रतिघण्टाको टप स्पीड भेट्न सक्छ ।

यसको फ्रन्टमा कम्पनीले डब्लूपी एपेक्स फुल्ली एड्जष्टेबल यूएसडी तथा रियरमा एपेक्सकै मोनोशक सस्पेन्सन दिएको छ । पुरानो मोडलको तुलनामा यसको ग्राउण्ड क्लियरेन्स समेत वृद्धि भएको छ । २०२५ मोडलमा २३७ एमएम ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । यसमा कम्पनीले १९ इन्चको फ्रन्ट टायरलाई २१ इन्चको टायरले रिप्लेस गरेको छ । यसमा वायर स्पोक ह्वील उपलब्ध छ ।
२०२५ मोडलमा मुख्य फिचरका रूपमा कर्नरिङ एबीएस, कर्नरिङ ट्रयाक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, तीन राइड मोड (रेन, स्ट्रीट र स्पोर्टस) रहेको छ । एबीएसमा तीन मोड, कर्नरिङ एबीएस, अफरोड एबीएस, र सुपरमोटो एबीएस छन् । यसका अलावा राइड वाइ वायर, ५ इन्च कलर टीएफटी डिस्प्ले, क्विक सिफ्टर जस्ता फिचर उपलब्ध छन् ।
हाल नेपाली बजारमा १० लाख रुपैयाँमा रेगुलर मोडल बिक्री भइरहेको छ । नयाँ मोटरसाइकल मोटरसाइकलको मूल्य भने केही बढ्ने देखिन्छ । यो मोटरसाइकले हिमालयन ४५० र सीएफमोटो ४५० एमटीसँग प्रतिस्पर्धा गर्नेछ ।
कम्पनीले केटीएम ३९० इन्ड्यूरो आर समेत नेपाल ल्याउने बताएको छ । नाइमाले आगामी साउनमा आयोजना गर्ने नेपाल मोबिलिटी एक्स्पोमा यी मोटरसाइकल नेपाल आउने अनुमान गर्न सकिन्छ ।

