काठमाडौं । प्रिमियम एसयूभी खोज्ने उपभोक्तालाई मध्येनजर गर्दै जीकरले सेभन-एक्स मोडल नेपाली बजारमा ल्याउने भएको छ । पायोनियर मोटोकर्पले नेपाल ल्याउने सेभन-एक्स प्रिमियम एसयूभी हो ।
अन्तर्राष्ट्रिय बजारमा निकै ठूलो सफलता हात पारेको सेभेन-एक्स मोडल मिड साइज फ्यामली एसयूभी हो । जीकरले अन्तर्राष्ट्रिय बजारमा निकै राम्रो व्यापार गर्दै आएको सेभेन एक्स नेपालमा पनि राम्रो व्यापार गर्न सक्ने सम्भावना भएको एसयूभी हो ।
सेभेन-एक्स मोडलको रियर ह्वील ड्राइभमा ७५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४८० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
नेपाली बजारमा आउने जीकर सेभेन-एक्स मोडलमा कुन साइजको मोटर हुन्छ एकिन जानकारी बाहिर आएको छैन । तर, नेपाली बजारमा २०० किलोवाटको मोटरमा उपलब्ध हुने सम्भावना धेरै छ ।
कम्पनीले यसमा १६ इन्चको मल्टी मिडिया इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । यसमा इन्ट्रुमेन्ट क्लष्टर भने १३ इन्चको पाउन सकिन्छ । ३६.२ इन्चको विशाल ठूलो हेडअप डिस्प्ले उपलब्ध जीकर सेभेन एक्स निकै आकर्षक मोडल हो ।
कारको ड्यासबोर्ड निकै मोर्डन छ । अटो डिमिङ रियर भिजन मिरर, पावर एड्जस्टेबल स्टेरिङ ह्वील, एक्टिभ एयर सस्पेन्सन, लेदर सिट, एम्बियन्ट लाइट जस्ता फिचरले क्याबिन प्रिमियम र लग्जरी छ ।
यसको एक्सटेरियर डिजाइन पनि उत्कृष्ट लाग्छ । क्लिन बडी डिजाइन, एरोडाइनामिक बडी, पिक्सेल एलइडी लाइटबार, थ्रीडी स्टाइल लाइट फिटिङ, क्लोजअफ ग्रिल यसमा पाउन सकिन्छ । दुई एलईडी हेडलाइटको बीचमा दिइएको जीकरको लोगो, त्यसभन्दा तल दिइएको डे टाइम रनिङ लाइटले एसयूभीको लुकमा निखारता ल्याएको छ ।
लामो एयर भेन्ट र स्पोर्टी बम्बर अगाडि पाउन सकिन्छ । पछाडिको भाग निकै स्पोर्टी छ । जीकरले ८०० भोल्ट आर्किटेक्चरमा बनाएको सेभेन एक्सले ४८० किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्छ । यसले एसी चार्जर पनि २२ किलोवाटको सपोर्ट गर्छ ।


