टाटाले ल्याउँदै गरेको मिनी एसयूभी हर्नविल जेनेभा मोटर शोमा प्रदर्शन गर्ने तयारी गरेको छ । आगामी मार्चको दोस्रो साताबाट सुरु हुने उक्त अटो शोमा अगामी वर्ष भारतीय बजारमा सार्वजनिक हुने हर्नविललाई कम्पनीले शोकेस गर्ने भएको हो ।
अहिलेसम्मको रिपोर्ट अनुसार यो मोडलका बारेमा जान्नैपर्ने केही तथ्यहरु बाहिर आएका छन् ।
अल्फा प्लाटफर्म
टाटा हर्नविलमा अल्फा प्लाटफर्ममा निर्माण भएको मिनि एसयूभी हो । कम्पनीले ओमेगा र अल्फा प्लाटफर्ममा विभिन्न १२ नयाँ प्रोडक्ट निर्माण गरिसकेको छ । यो मोडल अल्फा आर्किटेक्चरमा निर्माण भएको दोस्रो एसयूभी हो ।
नयाँ डिजाइन
टाटा हर्नविल न्यू जेनेरेशनको डिजाइन २.० मा आधारित कम्पनीको तेस्रो मोडल हो । यसमा बोल्डर डिजाइनसँगै नयाँ फिलोशोपीको प्रयोग गरिएको छ । यसको स्ट्रङ्ग प्रोपर्सन, इम्पोजिङ्ग स्ट्यान्स, ह्वील साइज बलिया पक्ष हुन् ।
बीएस–६ मापदन्डअनुरुपको इन्जिन
यो मोडलमा भारतमा लागू हुने नयाँ इमिशन मापदन्डअनुरुपको इन्जिन लगाइएको छ । यसमा उपलब्ध १.२ लिटर रेभोट्रोन पेट्रोल र १.०५ रेभोटर्क डिजेल इन्जिन दिइने कम्पनीले जनाएको छ । जुन भारतीय नयाँ प्रदुषण मापदन्ड बीएस–६ अनुसारको हुनेछ ।
विशेषता
टाटा हर्नवीलमा एड्भान्स कम्फर्ट र सुरक्षासम्बन्धी विशेषता दिइएको छ । यसमा नयाँ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमकासाथै स्मार्टफोन कनेक्टीभिटी, अटोमेटिक क्लाइमेट कन्ट्रोल, एबीएस, ईबीडी र एयरब्यागको विशेषता रहनेछ । टाटाले पछिल्लो समय सेफ्टीलाई आफ्नो मुख्य आधार बनाउँदै आएको छ । जुन यो नयाँ मोडलमा पनि निरन्तर रहने छ ।
प्रतिस्पर्धी मूल्य
यसले महिन्द्रा केयूभी–१०० र मारुती फ्यूचर–एस कन्सेप्ट भर्सनसँग प्रतिस्पर्धा गर्नेछ । यसको मूल्य ५ देखि ७ लाख भारु निर्धारण हुने आँकलन गरिएको छ ।

