अमेरिको शिकागोमा जारी अटो शोमा लक्जरी एसयूभी रेन्ज रोभर इभोकको नेक्ट जेनेरेशन मोडलले डेब्यु गरेको छ ।
कम्पनीले इभोक आर्किटेक्चर प्लाटफर्ममा निर्माण भएको जानकारी दिएको उक्त गाडीको मूल्य ४२ हजार ६५० डलर तोकिएको छ । कम्पनीका अनुसार इभोक स्टान्डर्ड रिफाइन्मेन्ट क्यापेबिलिटी डिजाइनमा आधारित रहेर उत्पादन गरिएको हो । यसमा कम्प्याक एसयूभी सेग्मेन्टमा उपलब्ध सम्पूर्ण सुविधा दिइएको छ ।
गाडीको एक्सटेरिएरलाई आधुनिक डिजाइन दिइएको छ भने, इन्टेरियरमा लग्जरिएस प्रविधीको प्रयोग गरिएको छ । जसमा आकर्षक ढंगबाट रिसाइकल गरिएको प्लास्टिक मटेरियलको प्रयोग गरिएको छ । कारमा ४८ भोल्ट २९६ बीएचपी माइल्ड हाइब्रिड र २५६ एचपी पावर जेनेरेट गर्ने ग्यासोलिन इन्जिन दिइएको छ ।
यसको फ्रन्ट प्रोफाइलमा कपर र सिल्भरको प्रयोगबाट बनेको युनिक ग्रिल प्याट्रन दिइएको छ । यो कारलाई कम्पनीले एस, एस ई, आर डायनामिक एस, आर डायनामिक एसई, र आर डायनामिक एचएसई गरि पाँच भेरियन्टमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
सन् २०२० रेन्ज रोभर इभोकमा अल न्यु डिजाइन, एडभान्स ड्राइभर असिस्टेन्स टेक्नोलोजी, न्यू इलेक्ट्रिक पावर ट्रेन अप्शन जस्ता आधुनिक विशेषता दिइएको छ । यो मोडल आगामी वर्षसम्ममा विश्वका धेरै देशमा बिक्री हुने कम्पनीले जनाएको छ ।

