एम्पेयरको नयाँ इलेक्ट्रीक स्कुटर नेपालमा, बुकिङ गर्दा ३० हजार छुट पाइने

काठमाडौं । भारतीय दुईपाङग्रे इलेक्ट्रीक स्टार्टअप कम्पनी एम्पेयरको नयाँ स्कुटर नेपाल आउने भएको छ । केडिया अर्गनाइजेसनले एम्पेयर नेक्सस इलेक्ट्रीक स्कुटरको प्रि बुकिङ खुलाएको हो ।

कम्पनीले जेठ अन्तिमदेखि बिक्रीमा ल्याउने तयारी थालेको स्कुटरको परिचात्मक मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ तोकेको छ ।

प्रि बुकिङ गर्ने १०० जना ग्राहकले यो मूल्यमा २० हजार नगद छुटका साथै १० हजार बराबरको उपहार पाउने कम्पनीले जनाएको छ ।

नेक्ससमा ५ किलोवाट क्षमाताको पावरफुल मिड माउन्ट मोटर रहेको छ । यो स्कुटरमा ३ किलोवाट आवर क्षमातको एलएफपी ब्याट्री उपलब्ध छ । यो ब्याट्री ३.३ घण्टामा फुलचार्ज गर्न सकिन्छ भने एकपटकको फुलचार्जमा १३० किलोमिटरसम्म रेन्ज दिन्छ ।

फ्यामिली स्कुटर डिजाइनमा तयार भएको नेक्ससमा पाँच राइडमोड र एक रिभर्स मोड उपलब्ध छ । यस स्कुटरमा फुल एलईडी लाइट र यूएसबी चार्जिङ पोर्ट दिइएको छ भने स्मार्टफोन कनेक्टिभिटीका साथ एलसीडी इन्स्ट्रुमेन्ट कन्सोल जस्ता फिचर पाउन सकिन्छ ।

साथै, नेक्ससमा टेलिस्कोपिक फोर्क र डबल सक अब्जर्बार, १२ इन्चको अलोय ह्वील, ट्युबलेस टायर र सीबीएस सहितको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक रहेको छ । यो स्कुटरमा हिल होल्ड असिस्टसमेत उपलब्ध छ ।


Back_to_top