काठमाडौं । अमेरिकाको सिलिकन भ्यालीमा विकास भएको स्मल, स्मार्ट, कम्प्याक्ट र फिचर लोडेड मिनी ईभी मासिक १५ हजार ८१९ रुपैयाँ किस्तामा किन्न पाइन्छ । चिनियाँ ब्राण्ड डोङफेङ ग्रुप अन्तर्गतको सेरेस ब्राण्डमा बनेको मिनी ईभी मूल्यका हिसावले पनि उत्कृष्ट मोडल हो ।
बिभिन्न दुई भेरियन्टमा किन्न पाइने सेरेसको मिनी ईभीको मूल्य १७ लाख ४९ हजार र १८ लाख ९९ हजार रुपैयाँ छ । यसको टप भेरियन्ट नै किन्दा माथि उल्लेख भएको किस्ता रकम तिर्दा पुग्छ ।
अहिले बैंकहरुले ७.५ प्रतिशत ब्याजदरमै कर्जा सुविधा उपलब्ध गराएका छन् । ७ वर्षको लागि कर्जा सुविधा पाइने कारमा मूल्यको ६० प्रतिशत कर्जा लिन सकिन्छ । यदि १८ लाख ९९ हजार पर्ने कार तपाई खरिद गर्ने योजनामा हुनुहुन्छ भने डाउन पेमेन्ट वापत ७ लाख ५९ हजार ६०० रुपैयाँ तपाईले तिर्नु पर्ने हुन्छ ।
त्यसपछि बैंकसँग ११ लाख ३९ हजार ४०० रुपैयाँ कर्जा लिन पाइन्छ । उक्त कर्जा ८४ किस्तामा तिर्न सकिन्छ । जुन मासिक ५० हजार रुपैयाँ कमाउने मानिसले सहजै तिर्न सक्ने किस्ता हुनसक्छ ।
नेपालमा एमएडब्लु वृद्धिले बिक्री गर्दै आएको सेरेसको मिनी ईभी सहरी यात्राको लागि निकै उपयोगी मोडल हो । सहर भित्रका साँघुरा बाटाहरुमा सजिलै चलाउन सकिने, सानो स्पेशमा पार्किङ गर्न पुग्ने भएको कारण घरमा सानो पार्किङ हुनेको रोजाइमा पनि पर्न सक्छ ।

कम्पनीले यसमा १३.८ र १६.८ किलोवाट आवरको दुई ब्याट्री प्याक छ । ब्याट्री साइज अनुसार २५ र ३० किलोवाटको रियर ह्वील ड्राइभ मोटर छ । रेन्ज भने सडकमै गुडाउँदा १२० किलोमिटरदेखि १६० किलोमिटरसम्म पाउन सकिन्छ । यो रेन्ज सहरी यात्राको लागि ‘मोर देन इनअफ’ हो ।

दुई ढोका र चार सिट क्षमता भएको कार दुई कलर अप्सनमा उपलब्ध छ । ह्वाइट र स्काई ब्लु कलर मध्ये तपाईलाई जुन मनपर्छ, त्यो छानेर खरिद गर्न सक्नु हुन्छ । निकै स्मार्ट हेडलाइट, हेडलाइटलाई घेरेर तयार पारिएको डे टाइम रनिङ लाइट, १३ इन्चको स्मार्ट ह्वील र आकर्षक बडी डिजाइनले तान्छ ।

सानो स्मार्ट मिनी कारमा १० इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट स्कृन, ७ इन्चको इन्ट्रुमेन्ट क्लस्टर, कप होल्डर, एयर कन्डिसन र हिटर पाउन सकिन्छ । एसी र हिटरको प्रयोग निकै सहज छ । पछाडिको सिट फ्ल्याट फोल्ड गर्न मिल्ने भएकाले कार्गो बोक्नुपर्दा पनि कुनै समस्या हुँदैन ।

इको र स्पोर्टस ड्राइभिङ मोड, ड्राइभर साइड एयरव्याग, एबीएस विथ इबीडी, इबीए र टीसीएस, अटो होल्ड, रियर पार्किङ क्यामरा र सेन्सर, टायर प्रेसर मोनिटरिङ सिस्टम, हिल असिस्ट, अटो होल्ड, क्रुज कन्ट्रोल र चारै चक्कामा डिस ब्रेक यसको बलियो पक्ष हो ।

दुई ढोका भएको कारमा पछाडि जान केही कम्पर्माइज गर्नु पर्छ । सिटको बनोट उत्कृष्ट छ । स्टेरिङ ह्वील निकै सहज लाग्छ । १६४० एमएम हाइट भएको कारमा पाइने हेडरुमको त कुरै गर्नु पर्दैन ।


