काठमाडौं । ‘महिन्द्रा उदय-२०१९’ को तयारी लगभग पुरा भएको छ । महिन्द्राका लागि नेपालको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट, एमभी दुगड, श्वराज पाटर्नर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयुक्तरुपमा आयोजना गर्न लागेको उक्त मेला भोलि बिहान ११ः३० बजे आधिकारीक कार्यक्रम गर्दै काठमाडौंको भृकुटीमन्डपमा सुरु हुनेछ । त्यसपछि मेला अवलोकनको लागि खुल्ला गरिने आयोजकले जानकारी छ । 
‘हामीले मेलाको सम्पूर्ण तयारी लगभग पूरा गरिसकेका छौं । आज बेलुकीबाटै गाडी ल्याएर हलमा राख्ने काम सुरु हुनेछ भने बाहिर स्टेज निर्माणको कामसमेत आजै पुरा हुनेछ’ अग्नी इन्कर्पोरेटका मार्केटिङ म्यानेजर सिजन न्यौपानेले मेरोअटोसँग भने ।
लाइफस्टाइल एन्ड अटो शो थिममा हुन लागेको उक्त मेलामा कम्पनीले ६ वटा नयाँ मोडल सार्वजनिक गर्नेछ भने, ३० भन्दा बढी मोडलहरुको शोकेस हुनेछ । 
मेलालाई आर्कषक बनाउन भृकुटीमन्डपको प्रदर्शनि हललाई पुरै कालो कपडाले ढाकिएको छ भने हलको दुबै कुनामा स्टेज निर्माण गरिएको छ ।


