मित्सुबिसीले मिराजको नयाँ जेनेरसन बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले सन् २०११ मा टोकियो मोटर शोबाट मित्सुबिसी मिराजलाई बजारमा ल्याएको थियो ।
कम्पनीले यसको नयाँ जेनेरेशनलाई समेत आगामी अक्टोम्बर २३ देखि ४ नोभम्बरसम्म हुने टोकियो मोटर शोमा नै सार्वजनिक गर्ने भएको छ । कम्पनीले उक्त मोडलमा आकर्षक डिजाइनसँगै अग्रेशिप लूक दिइएको जनाएको छ ।
यो कार सीएमएफ–बी प्लाटफर्ममा निर्माण भएको आँकलन गरिएको छ । मिराज मित्सुबिसी स्पेश स्टारको नामले समेत चिनिने गरिन्छ । यसले, माज्दा–२ सेडान, हुन्डाई भर्ना, होन्डासिटी जस्ता गाडीसँग प्रतिस्पर्धा गर्नेछ ।
कम्पनीका सीओओ ट्रेभार मननले नयाँ जेनेरेशन मिराज आकर्षकस्वरुप, डिजाइन तथा लूक बजारमा आउने जानकारी दिएका छन् ।

