यामाहा एमटी–०९ भारतमा सार्वजनिक, आउला नेपाल ?

यामाहा मोटरसाइकल कम्पनीले एमटी–०९ सार्वजनिक गरेको छ । कम्पनीले यस मोटरसाइकलको मूल्य १० लाख ५५ हजार ३ सय ५४ भारु निर्धारण गरेको छ । 

यो मोटरसाइकल विभिन्न कलर अप्सनमा उपलब्ध छ । अग्रेशिप स्टाइलमा निर्माण भएको मोटरसाइलमा ट्वीन–पोड एलईडी हेडलाइट, सिङ्गल पिस ह्यान्डलबार, एलईडी टेल–लाइट, कन्भेक्सनल ब्लिन्कर्सजस्ता विशेषता दिइएको छ । यसमा १४ लिटर इन्धन क्षमताको फ्यूल ट्याङ्की लगाइएको छ ।

यसमा ८४७ सीसीको इनलाइन–थ्री फोर–स्ट्रोक लिक्विडकुल्ड डीओएचसी इन्जिनको प्रयोग गरिएको छ । जसले १० हजार आरपीएममा ११५ पीएस पावरकासाथै ८ हजार ५ सयआरपीएममा ८७.५ एनएम–टर्क उत्पादन गर्छ । इन्जिनमा मोटरमा सिक्स–स्पीड गियरबक्स लगाइएको छ भने वाइजेड एफआर–१ मा जस्तै क्विक–सिफ्ट सिस्टमको विशेषता दिइएको छ । 

मोटरसाइलमा स्लिपर क्लचसँगै असिस्ट, ट्राक्सन कन्ट्रोल सिस्टम, एबीएसको विशेषता दिइएको छ । यसको कुल तौल १९३ किलोग्राम रहेको छ । यसको रियरमा २९८ मिमि डबल–डिस्क र रियरमा भने फ्रन्ट–फर्कमा २४५ एमएम सिंगल डिस्क–बे्रक लगाइएको छ ।

नेपालमा पनि भिआईपी कार्गेटको लागि नेपाल प्रहरीलाई उपलब्ध गराउने भन्दै टेन्डरमा सहभागी भएको मोरङ्ग अटो वर्कले यामाहा एमटी–०९ सप्लाई गर्ने तयारी गरेको थियो । तर, उक्त टेन्डर सुजुकीको भि–स्ट्रोमले पाएको थियो । अब कम्पनीले नेपाली बजारमा उक्त बाइक ल्याउने वा नल्याउने बिषयमा आधिकारीक जानकारी भने दिएको छैन ।  


Back_to_top