दुई महिनापछि आउँदै अप्रिलियाको स्टाइलिस स्कुटर ‘स्ट्रोम–१२५’

पियाजियो इन्डियाले अप्रिलिया स्ट्रोम–१२५ स्कुटर अप्रिलमा सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि कम्पनीले मार्चमा सार्वजनिक गर्ने भनिएको यो बाइक अप्रिलको तेस्रो हप्ता सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले अप्रिलिया स्ट्रोम–१२५ अप्रिल १ देखि प्रि–बुकिङ लिनेसमेत जानकारी दिएको छ । यो स्कुटर कम्पनीले दिल्ली अटो शो २०१८ मा प्रदर्शन गरेको थियो । अप्रिलिया एसआर १२५ मा आधारित रहेर निर्माण भएको यो स्कुटर अझै स्पोर्टी अवतारमा आउने कम्पनीले जनाएको छ । 

नयाँ स्कुटरमा अनरोड र अफरोड दुवै बाटोको लागि उपयुक्त हुने १२ इन्च अलोय ह्वील दिएको छ । स्कुटरको फ्रन्टमा वीन्ड स्कृनको अप्सनसमेत दिएको छ ।

अप्रिलिया स्ट्रोम–१२५ मा १२४.४९ सीसीको सीभीटी इन्जिन दिइने छ । यो इन्जिनले ७ हजार २५० आरपीएममा ९.५१ बिएचपी र ६ हजार २५० आरपीएममा ९.८ एनएम टर्क जेनेरेट गर्छ । 

सिबिएससहितकोे फ्रन्टमा डिस्क तथा रियरमा ड्रम ब्रेक जडान हुने यो स्कुटर अप्रिलियाको एसआर–१२५ भन्दा केही सस्तो मूल्यमा सार्वजनिक हुने अनुमान गरिएको छ । 

नेपाली बजारमा पनि भर्खरै नयाँ डिलर नियुक्त भएको एमभी दुगडले यो स्कुटरलाई चाँडै नेपाली बजारमा उतार्ने अनुमान गरिएको छ । 


Back_to_top