मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक कार वागेनआर ईभीको ५० युनिटलाई विगत दुई महिनादेखि सडक परिक्षण गरिरहेको छ । यद्यपी ति इलेक्ट्रीक कारको पूर्ण स्पेक भने बाहिर आएको छैन ।
एसी सामान्य चार्जमा आउने उक्त वागेनआर ईभीले डीसी फास्र्ट चार्जरसमेत सर्पोट गर्नेछ । कम्पनीको पहिलो ईभीलाई नियमित एसी चार्जबाट चार्जगर्दा करिब ७ घन्टामा फुलचार्ज हुनेछ । साथै, डीसी फास्र्टचार्जरबाट यसलाई ८० प्रतिशत चार्जगर्न ६० मिनेटभन्दा कम समय लाग्नेछ ।
यसमा चार्जिङको लागि दुईवटा पोर्ट दिइएको छ । अगाडि रहेको पोर्टमा एसी चार्जरको प्रयोग गरिने छ भने पछाडि रहेको पोर्टमा फास्र्ट डीसी चार्जरको प्रयोग गरिने छ ।
अहिले मारती सुजुकीले टेष्ट गरिरहेको कार फाइनल उत्पादन होइन । यी कार परिक्षणको लागि बनाइएका प्रोटोटाईप मात्र हुन् । कम्पनीकानुसार अहिले परिक्षणको क्रममा रहेका कारको तुलनमा बिक्री वितरणको लागि आउने कारहरु विल्कुलै फरक हुने छन् ।
सन् २०२० को सुरुवातमै भारतीय बजारमा उतार्ने तयारी भइरहेको उक्त इलेक्ट्रीक कार अल न्यू वागेनआर जस्तै रहने अनुमान गरिएको छ ।

