होन्डाले मोटो–स्कुटर सेग्मेन्टमा ल्याएको नेभी सन् २०१६ देखि बिक्री वितरण गरिरहेको छ । त्यसपछि कम्पनीले एड्भान्चर र क्रोम एडिसन २०१७ मा सार्वजनिक गरेको थियो ।
भारतीय बजारमा सन् २०१८ नोभेम्वर महिनामा १ यूनिट मात्र बिक्री भएको र डिसेम्वर महिनामा बिक्री सून्य भएको नाभीलाई कम्पनीले नयाँ सेफ्टी फिचर सिबीएस (कम्बी ब्रेकिङ सिस्टम) सहित पुनः बजारमा ल्याएको छ । कम्पनीले सिबीएस बाहेक अन्य कुनै परिवर्तन गरेकाे छैन ।
यो मोटो–स्कुटरमा १०९ सीसी एयर कूल्ड इन्जिन दिइएको छ, जसले ७ हजार आरपीएममा ८ बिएचपी तथा ५ हजार ५०० आरपीएममा ८.९६ एनएम टर्क जेनेरेट गर्छ ।
नेपाली बजारमा स्याकार टेड्रिङले बिक्री वितरण गर्दै आएको नेभीको पुरानो मूल्य १ लाख ५४ हजार ९०० रहेको छ । यो मूल्यभन्दा नयाँ नेभी सुरक्षा फिचर सहितको नेभीको केही महंगो रहेको छ ।

