यामाहा मोटरसाइकल कम्पनीले नेकेड स्ट्रीट फाइटर भर्सनमा यामाहा एमटी–१५ भारतीय बजारमा यही मार्च १५ तारिकमा सार्वजनिक गर्दैैछ ।
यसअघि अपसाइड डाउन फर्क ससपेन्सन रहने भनिएपनि हाल टेस्टिङमा देखिएको बाइकमा भने यूएसडी फर्क देखिएको छ ।
कम्पनीले आर्कषण डिजाइनमा बनाएको यो बाइक यामाहा एमटी–०९ कै डिजाइनबाट प्रभावित रहेको छ । मस्कुलर फ्यूल ट्याङकका साथमा बगआई हेडल्याम्प दिइएको बाइकमा नयाँ डिजिटल क्लस्टरको प्रयोग गरिएको छ जुन, यमाहा आर–१५ को समान रहेको छ ।
यामाहा एमटी १५मा १० स्पोक अलोय ह्वील दिएको छ । १५५ सीसीको सिगंल सिलिन्डर लिक्विड कुल्ड, ४ भल्भ फ्यूल इन्जेक्सन इन्जिन रहेको बाइकले १९ बीएचपी पावर तथा १४.८ एनएम टर्क जेनेरेट गर्छ । ६ गियरको ट्रान्समिसन दिइएको यो बाइक चेन ड्राइभ प्रबिधिमा संचालन हुनेछ ।
यस बाइकमा दिइएको पावर ट्रेन च्याचिस पुरानो भर्सनबाट ल्याइएको छ । बाइक सुरुवाती तथा मध्यम रेन्जमा उत्कृष्ट पावर रहेको छ ।
बाइकको फ्रन्ट ह्वीलमा २८२ एमएमको डिस्क ब्रेक तथा रियर ह्वीलमा २२० एमएमको डिस्क ब्रेक उपलब्ध रहेको छ ।
बाइकमा १७ इन्चको अलोय ह्वील दिइएको छ भने, १० लिटर क्षमताको फ्यूल ट्यांक रहेको छ । १३३ केजी तौलको यो बाइक १९६५ एमएम लम्बाइ तथा ८०० एमएम चौडाइ रहेको छ भने यसको उचाइ १०६५ एमएम रहेको छ । यो बाइक डबल च्यानल एबिएससहित सार्वजनिक हुनेछ ।

