महिन्द्राको नयाँ इलेक्ट्रीक कार ६ महिना भित्र आउने

विगत ५ महिनामा तीन नयाँ मोडल सार्वजनिक गरेको महिन्द्राले अबको ६ महिना भित्र नयाँ इलेक्ट्रीक कार सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक पवन गाइन्काले जेनेभा मोटर शोमा उक्त कुराको जानकारी दिएका हुन् । 

कम्पनीले महिन्द्रा केयूभी १०० लाई यस अघि सन् २०१८ मा भएको दिल्ली अटो शोमा पनि शोकेस गरेको थियो । कम्पनीले निकै लामो समयदेखि इलेक्ट्रीक भेहिकल उत्पादन गर्दै आएको छ भने अब कम्बस्चन इन्जिनयूक्त गाडीलाई इलेक्ट्रीकमा परिर्वतन गर्ने तयारी सुरु गरेको जनाएको छ ।

कम्पनीले पहिलो भारतीय इलेक्ट्रीक माइक्रो एसयूभीको नारासहित यसलाई बजारमा ल्याउने तयारी गरिरहेको छ । ई–केयुभी १०० मा ३० किलोवाटको लिथियम आयोन ब्याट्री प्याक दिइने छ । जसले एक पटकको फुलचार्जमा १४० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । यसमा फास्ट डिसी चार्जरको प्रयोग गर्ने हो भने एक घन्टाभन्दा कम समयमा ८० प्रतिशत चार्ज गर्न सकिने जनाइएको छ ।

यसलाई आरामदायी, सुरक्षीत र स्टाइलिस बनाउन कम्पनीले कुनै कसर बाँकी नराख्ने जनाएको छ । कम्पनीका अनुसार यसमा प्रि–कुलिङ क्यावीन, लोकेशन ट्याकिङ, रोमोट डाइनोस्टीकलगायतका फिचर उपलब्ध हुने छन् ।


Back_to_top