टाटाको बहुप्रतिक्षित एसयूभी ह्यारियर मेमा नेपाल आउने

काठमाडौं । भारतीय सवारी उत्पादक कम्पनी टाटाले उत्पादन गरेको स्पोर्टस युटिलिटी भेइकल (एसयूभी ) ह्यारियर नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । भारतमा जनवरी तेस्रो साता सार्वजनिक भएको ह्यारियर नेपाल आउने भएको हो । 

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी टेडिङ प्रालिले ह्यारियर नेपाल ल्याउने बारे स्वीजरल्याण्डको जेनेभामा जारी जेनेभा मोटर शोमा छलफल गरेको जनाएको छ । ५ सिट क्षमताको टाटा ह्यारियरमा २ हजार सीसीको डिजेल इन्जिन रहेको छ । यो कारमा उच्च ग्राउन्ड क्लियरेन्स रहेकाले यो सेगमेन्टकै उत्कृष्ट कार हुने दाबी कम्पनीको छ । सिप्रदीले ह्यारियरको बुकिङ अबको केही दिनमै खुल्ला गर्ने भएको छ । 

भारतीय बजारमा टाटा ह्यारियरको मूल्य १२ लाख ७० हजार रुपैयाँबाट सुरु भएर टप भेरियन्टको मूल्य १६ लाख २५ हजार रुपैयाँ तोकिएको छ । यसको सिधा प्रतिस्पर्धा भारतीय एसयुभी मार्केटमा हुन्डाईको क्रेटा, जीपको कम्पास, महिन्द्रा एक्सयूभी ५०० लगायतसंग हुनेछ । 

टाटाको इम्प्याक डिजाईन २.० मा आधारीत यो एसयूभीले राम्रो बजार लिनेमा टाटा मोटर्स सक्षम हुने कम्पनीले दावी गरेको छ । टाटा मोटर्सको उत्पादनको रुपमा यो निकै स्टाईलिस, दमदार र टाटाको प्यासेन्जर सेगमेन्टमै गेमचेन्जर प्रिमियम एसयूभी बन्न सक्ने अनुमान गरिएको छ ।

यसमा रहेको टर्बो चार्जडसहित चार सिलिण्डर युक्त इन्जिनले १४० बिएचपी पावर तथा ३५० एनएम टर्क उत्पादन गर्नेछ । ह्यारीयर ६ स्पिडको म्यानुअल ट्रान्समिसन गियरबक्समा उपलब्ध रहेको छ । 

अगाडिबाट हेर्दा ह्यारीयरमा तिन स्टेपको वम्पर रहेको छ । जसमा सबैभन्दा माथि फैलिएको यूसेपको ग्रिल दुबै साइडमा गएर एलइडी लाईटमा टुंगिएको छ । यो एलइडी लाइट नै टर्न इन्डिकेटर अन गर्दा पहेलो रंगमा टनिङ इन्डिकेटर बल्नेछ । 

हेडलाइटमा जेनुयन प्रोजेक्टर ल्याम्पको साथमा रेगुलर बल्ब पनि रहेको छ । एसयूभीको साइड प्रोफाइल हेर्दा डिसेन्ट लुक्स देख्न सकिन्छ । यसमा १७ इन्चको अलोय ह्वील दिइएको गाडीमा २०५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । टाटाको नेक्सनले जस्तै ह्यारियरले पनि नेपाली उपभोक्तको मन जित्ने विश्वास कम्पनीले लिएको छ ।


Back_to_top