काठमाडौं । टोयोटा मोटर्सको लागि नेपालको आधिकारीक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले आफ्नो पछिल्लो एसयूभी टोयोटा रसलाई मुस्ताङ पुर्याएको छ । कम्पनीले रसको पर्फमेन्स र आरामदायीपन देखाउनको लागि रसको सुस्ताङ टुर आयोजना गरेको हो ।
करिब १४ जना बिभिन्न मिडियामा कार्यरत पत्रकारको टिमसहित गएको ७ वटा रस हिजो बेलुका मुस्ताङ पुगेको हो । कम्पनीले टु–ह्वील ड्राइभ पेट्रोल भेरियन्टलाई मुस्ताङ टुरमा पठाएको हो ।
रसमा १.५ लिटरको फोर सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ, जसले १०५ एचपी पावर र १४० एनएम टर्क प्रदान गर्छ । यो फाइभ–स्पिड म्यानुअल र फोर–स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । मिनिमम् रनिङ ग्राउन्ड क्लियरेन्स २२० एमएम रहेको यो एसयुभीमा क्रोम स्लट, एलईडी हेडलाइट, एलईडी डीआरएल, चंकी फ्रन्ट बम्पर, एलोइ ह्वील, क्याबिनमा सफ्ट–टच मेटरियल दिएइको छ ।
त्यसैगरी ८ इन्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको यो कारमा किलेस इन्ट्री, पुस बटन स्टार्ट, यूएसबीपोर्ट लगायतका फिचर रहेका छन् ।
सुरक्षाको लागि ६ वटा एयरब्याग दिइएको यो कारमा ईबीडीसहितको एबीएस, स्ट्याबिलिटी कन्ट्रोल र हिल स्टार्ट असिष्टजस्ता फिचर रहेका छन् ।


