११५ वर्ष पुरानो चर्चित गाडी उत्पादक कम्पनी पहिलो पटक मोटर शोमा

स्थापनाको ११५ वर्षपछि रोल्स रोयस मोटर कम्पनीले अन्तर्राष्ट्रिय अटो शोमा पहिलो पटक सहभागिता जनाएको छ । कम्पनीले स्विजरल्यान्डको जेनेभामा जारी जेनेभा मोटर शोमा आफ्ना कारको प्रदर्शनी गरेसँगै मोटरशोको हिस्सा बनेको हो ।

विश्वमै चर्चित र लग्जरी कार उत्पादन गर्दै आएको यस कम्पनीले २०१८ मा सबैभन्दा धेरै कार बिक्री गरेको थियो । बिक्रीमा आएको उच्च वृद्धिसँगै कम्पनीले मोटर शोमा समेत सहभागिता जनाउनुलाई धेरै उत्पादकले अर्थपूर्ण रुपमा लिएको जनाएका छन् ।

कम्पनीले जेनेभा मोटरशोमा प्यान्टम ट्रानक्यूलिटी प्रदर्शन गरेको छ । यो मोडल संसारभर मात्रै २५ युनिट बेच्ने कम्पनीले जनाएको जनाएको छ । यस्तै कुलीनान, ब्ल्याक ब्याजको दुई पावरफुल भर्सनसँगै बिस्पोक डाउन पेश गरेको छ । 

कम्पनीले असम्भव कुरालाई पनि प्राप्त गर्ने चाहना बोकेका मानिसलाई ध्यानमा राखेर फ्यान्टम ट्रानक्यूलिटी निर्माण गरेको जनाएको छ । यसमा अत्याधुनिक विशेषता दिइएको छ । यो मोडल प्यान्टम र प्यान्टम एक्सटेन्डेड ह्वीलवेश दुबैमा उपलब्ध हुनेछ ।


Back_to_top