भिडियोमा हेर्नुस् यामाहा एमटी-१५, आगामी हप्ता सार्वजनिक हुँदै

यामाहा मोटरसाइकल कम्पनीले आफ्नो नयाँ मोडल नेकेड स्ट्रीट फाइटर एमटी–१५ भारतीय बजारमा आगामी हप्ता सार्वजनिक गर्दैछ । कम्पनीले सार्वजनिक अघि एउटा टिजर सार्वजनिक गरेको छ ।

टिजरमा बाइकलाई निकै बोल्ड अवतारमा देखाइएको छ । डार्क फोर्स अप्रोचमा उत्पादन गरिएको यो बाइक निकै मस्कुल देखिएको छ ।

कम्पनीले आर्कषण डिजाइनमा बनाएको यो बाइक यामाहा एमटी–०९ कै डिजाइनबाट प्रभावित रहेको छ । मस्कुलर फ्यूल ट्याङकका साथमा बगआई हेडल्याम्प दिइएको बाइकमा नयाँ डिजिटल क्लस्टरको प्रयोग गरिएको छ जुन, यमाहा आर–१५ को समान रहेको छ । 

यामाहा एमटी १५मा १० स्पोक अलोय ह्वील दिएको छ । १५५ सीसीको सिगंल सिलिन्डर लिक्विड कुल्ड, ४ भल्भ फ्यूल इन्जेक्सन इन्जिन रहेको बाइकले १९ बीएचपी पावर तथा १४.८ एनएम टर्क जेनेरेट गर्छ । ६ गियरको ट्रान्समिसन दिइएको यो बाइक चेन ड्राइभ प्रबिधिमा संचालन हुनेछ ।

 

यस बाइकमा दिइएको पावर ट्रेन च्याचिस पुरानो भर्सनबाट ल्याइएको छ । बाइक सुरुवाती तथा मध्यम रेन्जमा उत्कृष्ट पावर रहेको छ । बाइकको फ्रन्ट ह्वीलमा २८२ एमएमको डिस्क ब्रेक तथा रियर ह्वीलमा २२० एमएमको डिस्क ब्रेक उपलब्ध रहेको छ । 

बाइकमा १७ इन्चको अलोय ह्वील दिइएको छ भने, १० लिटर क्षमताको फ्यूल ट्यांक रहेको छ । १३३ केजी तौलको यो बाइक १९६५ एमएम लम्बाइ तथा ८०० एमएम चौडाइ रहेको छ भने यसको उचाइ १०६५ एमएम रहेको छ । यो बाइक डबल च्यानल एबिएससहित सार्वजनिक हुनेछ । 


Back_to_top