फोर्ड फिगोको नयाँ भर्सन आगामी शुक्रबार सार्वजनिक हुने

काठमाडौं । फोर्डले आफ्नो चर्चित ह्याचव्याक कार फिगोको फेसलिफ्ट मोडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले करिब ३ वर्षपछि आफ्नो पपुलर कार फिगोको अपडेटेड मोडल सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले आफ्नो नयाँ फिगोमा थुप्रै कस्मेटिक परिर्वतन गरेको छ । यसमा कम्पनीले धेरै फिचरहरु एस्पाएरबाट लिएको कम्पनीले जनाएको छ । यसअघि धेरै पटक भारतीय सडकमा परिक्षणको क्रममा देखिएको नयाँ फिगोलाई कम्पनीले भारतमा आगामी मार्च १५ तारिखका दिन सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले यसमा इन्जिनसमेत परिर्वतन गरेको हुन सक्ने आँकलन गरिएको छ । धेरैले यसमा फ्रिस्टाइलमा दिइएको इन्जिननै यसमा समेत दिएको आँकलन गरेका छन् । कम्पनीले यसमा ड्रागन सिरिजको १.२ लिटर पेट्रोल इन्जिन दिएको अनुमान गरिएको हो । उक्त इन्जिनले ९५ बीएचपी पावर र १२० एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।

नयाँ फिगोको क्याबिन अल ब्ल्याक थिमको साथ नयाँ इन्फोटेन्टमेन्ट सिस्टम यूनिटसमेत दिइएको अनुमान छ । यी सबै विषयमा कम्पनीले भने अहिलेसम्म केही आधिकारीक जानकारी दिएको छैन ।

नेपालमा कहिले ?

फोर्डले आफ्नो पछिल्लो अल न्यू मोडल फ्रिस्टाइललाई भारतीय बजारमा सार्वजनिक भएको ५ दिनपछि नै नेपाली बजारमा उतारेको थियो । यसअघि नेपाली बजारमा निकै चर्चामा रहेको फिगोलाई समेत केही हप्ता भित्रनै सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

उद्यपी यस विषयमा फोर्डको नेपालको लागि आधिकारीक वितरक गो फोर्डले भने कुनै जानकारी दिएको छैन ।


Back_to_top