यस्तो छ टाटा अल्ट्रोजको डायमेन्सन, बलेनो र आई–२० भन्दा कति फरक ?

कम्पनीले जेनेभा मोटर शोमा आफ्नो बहुप्रतिक्षीत अल्ट्रोजलाई प्रदर्शन गरेको छ । केही समय अगाडि मात्रै अल न्यू टाटा ह्यारीयर सार्वजनिक गरेको कम्पनीले ह्याचव्याक अल्ट्रोज बजारमा ल्याउने तयारी गरेछ ।

टाटा अल्ट्रोजले मारुती सुजुकी बलेनो, हुन्डाई इलाइट आई–२० सँग सिधा प्रतिस्पर्धा गर्नेछ । अल्ट्रोज टाटाको पहिलो प्रिमीयम ह्याचब्याक मोडल हो । 

टाटा अल्ट्रोजको लम्बाई ३ हजार ९८८ एमएम, चौडाई १ हजार ७५४ एमएम र उचाई १ हजार ५०४ एमएम रहेको छ । यसको ह्वीलवेश २ हजार ५०१ एमएम रहेको छ । 

यसको प्रतिस्पर्धी मोडल हुन्डाई आई–२० को लम्बाइ ३ हजार ९८५, चौडाई १ हजार ७३४ र उचाई १ हजार ५०५ एमएम रहेको छ । यसमा २ हजार ५७० एमएमको ह्वीलवेश दिइएको छ  । 

यस्तै अर्काे प्रतिस्पर्धी होन्डा ज्याजको लम्बाई ३ हजार ९५५ एमएम, चौडाई १ हजार ६९४ र उचाई १ हजार ५४४ एमएम रहेको छ । यसमा २ हजार ५३० एमएमको ह्वीलवेश रहेको छ । 

अल्ट्रोजको सबैभन्दा नजिकको प्रतिस्पर्धी मानिएको मारुती सुजुकी बलेनोको लम्बाई ३ हजार ९९५ एमएम, चौडाई १ हजार ७४५ एमएम र उचाई १ हजार ५१० एमएम रहेको छ । बलेनोमा २ हजार ५२० एमएमको ह्वीलवेश दिइएको छ । 

अल्ट्रोजमा १.२ लिटर टर्बोचार्ज्ड थ्री सिलिन्डर पेट्रोल इन्जिन दिएको छ । जसले ५५ सय आरपीएममा १०२ एचपी पावरका साथै १७५० देखि ४ हजार आरपीएममा १४० एनएम टर्क उत्पादन गर्छ । 

टाटा अल्ट्रोजलाई अबको केही महिना भित्रै भारतीय बजारमा बिक्री सुरु गर्ने जनाएको छ भने नेपाली बजारमा सेप्टेम्बर २०१९ भित्र आईसक्ने अनुमान गरिएको छ । 


Back_to_top