होन्डाले आफ्नो मिड साइज सेडान कार सिभिकको १० औँ संस्करणलाई भारतीय बजारमा सार्वजनिक गरेको छ । भारतीय बजारमा सार्वजनिक गरेसँगै सिभिक नेपाली बजारमा पनि अबको केही महिना भित्रै उपलब्ध हुनेछ ।
भारतीय बजारमा नयाँ सिभिकको सुरुवाति मूल्य १७ लाख ७० हजार भारतीय रुपैयाँ तोकेको छ । होन्डाले सिभिकलाई पेट्रोल र डिजेल दुबै इन्जिन अप्सनमा ल्याएको हो । जसमा दिइउको १.८ लिटरको पेट्रोल इन्जिनले १४१ बीएचपीको पावर र १७४ एनएमको टर्क जेनेरेट गर्छ भने १.६ लिटर ४ सिलिन्डर डिजेल इन्जिनले १२० बीएचपीको पावर र ३०० एनएमको टर्क जेनेरेट गर्छ ।

नयाँ सिभिकको डिजाइन निकै स्पोर्टी रहेको छ । अगाडिको भाग कुपेबाट प्रेरित भएको सिभिकमा स्लिक एलईडी हेडल्याम्प दिइएको छ ।
नयाँ सिभिकमा लेन वाट क्यामेरा, ब्लाइन्ड स्पट्स फिडजस्ता फिचर उपलब्ध रहेको छ । अन्य फिचरमा स्मार्ट–की, ह्यान्डलिङ असिस्ट, पेडल सिफ्टर्स सीभीटी, रिएर एसी भेन्ट्स, १२.७ सेमी डिस्प्ले मनिटर अडियो, १६ इन्च डायमन्ड कट एलोई ह्विल्स, हिल स्टार्ट असिस्ट, एड्जस्टेबल पावर ड्राइभर सिट लगायत छन् ।


