भारतीय बजारमा उत्पादन भएको कार हुन्डाई सेन्ट्रोले ‘वर्ल्ड अर्वान कार’ क्वाटगोरीमा वर्ल्ड कार अफ दि इयर (WCOTY) को टप थ्री फाइनलिस्टमा नाम लेखाउन सफल भएको छ । उक्त प्रतिस्पर्धामा भारतीय उत्पादनले स्थान बनाउन सफल भएको हो ।
यो प्रतिस्पर्धा डिट्रोइट अटो शोबाट सुरु गरिएको हो, भने तीन फाइनलिस्टको घोषणा स्विजरल्यान्डमा जारी जेनेभा मोटर शोमा गरिएको हो । अन्तिम विजेताको घोषणा भने अप्रिलमा हुने न्युयोर्क अटो शोमा गरिने छ ।
यो समूहमा कोरियन उत्पादन किया शोल, जापानी उत्पादन सुजुकी जिम्नी र भारतीय उत्पादन सेन्ट्रोबीच अन्तिम प्रतिस्पर्धा हुनेछ । संसारभरका ८६ जना अटो पत्रकारको मतद्धारा हरेक क्याटगोरीमा तीनवटा फाइनलिस्ट छनोट गरिएको हो । अब अन्तिम विजेता छनोट जुरीहरुले गर्ने गोप्य मतदानबाट हुनेछ ।

यस्तो छ भारतमा बनेको सेन्ट्रो
हुन्डाईको बी सेग्मेन्ट इन्ट्री लेवल मोडलको रुपमा भारतमा उत्पादन हुने सेन्ट्रोको नयाँ मोडल करिब ५ महिनाअघि भएको हो । टल ह्याचब्याक मोडल, ठूलो स्पेश, शानदार लूक्स, फगल्याम्प्स, एड्जस्टेबल हेडरेस्ट्रेन्सजस्ता विशेषताले सेन्ट्रो निकै चर्चित बन्ने हो ।
हुन्डाईको नयाँ सेन्ट्रो अल न्यू डिजाइन थेममा निर्माण गरिएको हो । यसमा स्वेप्ट ब्याक हेडल्याम्प, नयाँ सिग्नेचर क्यासकेडीङ ग्रील दिएको छ ।
यसको टप भेरियन्टमा १४ इन्चको अलोय ह्वील दिइएको छ भने, लो भेरियन्टमा १३ इन्च ह्वील दिइएको छ । यसको एक्सटेरियर डिजाइन निकै नै आकर्षक रहेको छ । नयाँ सेन्ट्रोमा ७ इन्च टच स्क्रृन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, रिभर्स क्यामेरा, रियर एसी भेन्टलगायतका फिचरहरु उपलब्ध छन् ।
सेन्ट्रोमा सुरक्षाका लागि एबीएस, इबीडी, ड्राइभर–साइड एयरब्याग, इन्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी डोर लक जस्ता सेफ्टी फिचर दिइएको छ । यसको टप भेरिएन्टमा डियुल एयरब्याग, लोड लिमिटर, स्पीड–सेन्सीङ डोर लक लगायतका फिचरहरु रहेका छन् ।
नयाँ सेन्ट्रोमा १.१ लिटर फोर–सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । जसले ६९ पीएस पावर र ९९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पीड म्यानुअल गियरबक्स दिइएको छ । हुन्डाईले सेन्ट्रोलाई पहिलोपटक एएमटी ट्रान्समीसनमासमेत ल्याएको छ ।
नेपाली बजारमा पनि हुन्डाई सेन्ट्रोको बिक्री वितरण हुँदै आएको छ ।

