भेस्पा र अप्रिलीयाको उत्पादन दुगड ग्रुपद्धारा बिक्री सुरु

काठमाडौं । गत वर्षबाट पियाजीयोको थ्री ह्वीलर बिक्री वितरण गर्दै आएको दुगड ग्रुपले गत सोमबार शिवरात्रीको अवसर पारेर पियाजीयोको टु ह्वीलर भेस्पा र अप्रिलीयाको पनि बिक्री वितरण सुरु गरेको छ ।  

इटालीयन अटोमोवाइल कम्पनी पियाजीयोको टु ह्वीलर ब्रान्ड भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारीक बिक्रेता नियुक्त भएसँगै दुगड ग्रुपले यसको आधिकारीक बिक्री सुरु गरेको हो । यसका लागि  कम्पनीले नक्सालमा नयाँ शोरुम समेत निर्माण गर्न सुरु गरिसकेको छ । 

कम्पनी स्रोतकाअनुसार लामो समयदेखि नेपाली बजारमा भेस्पा र अप्रिलाकाको आधिकारीक वितरकको रुपमा रहेको डि–लाईफस्टाइलसँग सहकार्य गरिरहने जनाईएको छ । 

कम्पनीले महाराजगंजमा रहेको डि–लाईफस्टाइलको शोरुम उसैलाई छाडेर भेस्पा र अप्रिलीयाको बाँकी शोरुमहरु टेकओभर गर्ने जनाएको छ । कम्पनीका अनुशार शोरुमका साथै डि–लाईफस्टाइलसँग रहेको स्कुटरको स्टक र मुभिङ्ग र डेड पार्टस्हरुसबै दुगड ग्रुपले टेकआभर गर्ने छ । 

भेस्पाका क्लासीक स्कुटरहरु नेपाली बजारमा निकै चर्चित रहेका छन् । त्यस्तै अप्रिलियाका स्टाईलीस बाइक तथा स्कुुटरहरु नेपाली बजारमा बाक्लै संख्यामा गुड्दै आएका छन् । 

दुगड ग्रुपले गत वर्षको शिवरात्रीदेखि पियाजीयोको थ्री ह्वीलर बिक्री गर्दै आएको हो । ग्रुपले गत १ वर्षमै थ्री ह्वीलरमा ११२ प्रतिसतले ग्रोथ गरेको थियो । कम्पनीलाई सो अचिभमेन्टका आधारमा पियाजीयोले ‘वेस्ट न्यू डिस्टिवीयूटर’ अवार्डसमेत प्रदान गरेको थियो ।

सन् १९७२ देखि विभिन्न अटोमोवाइल ब्रान्डहरुको बिक्री वितरण गर्दै आएको  एमभी दुगड ग्रुपसँग भारतीय अटोमोवाइल कम्पनी महिन्द्राको कमर्शियल तथा हेभी भेहिकल, क्लासीक बाइक रोयल इन्फिल्ड, अमेरिकन ट्याक्टर ब्रान्ड जोन डियर तथा इटालीयन ब्रान्ड पियाजीयोकै थ्री ह्वीलरको आधिकारीक डिलरसीप रहेको छ । 


Back_to_top