केही दिनमै सार्वजनिक हुँदै बजाज डोमिनार–४००, थाहा पाउनुस् खास फिचर

काठमाडौं । मोटरसाइकल उत्पादक कम्पनी बजाजले अल न्यू डोमिनार–४०० सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । सडक परिक्षणमा सफल भएसँगै २०१९ बजाज डोमिनार भारतीय बजारमा यही मार्च महिनामा सार्वजनिक गर्ने तयारी गरिएको हो । 

यस्तोमा उक्त परिमार्जीत मोटरसाइकल बारे जान्नै पर्ने केही तथ्यहरु हामीले यहाँ प्रस्तुत गर्ने प्रयास गरेका छौं । 

पावर

कम्पनीकाअनुसार मोटरसाइकलमा ३७३.२ सीसी क्षमताको सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन लगाइएको छ । भारतीय इमिसन नियम बीएस–६ मा आधारित न्यू–डोमिनारमा उपलब्ध इन्जिनले ८६५० आरपीमममा ३९ पीएस पावरका साथै ७ हजार आरपीएममा ३५ एनएम–टर्क उत्पादन गर्छ । 

यसको रेगुलर मोडलमा उपलब्ध इन्जिनले ८ हजार आरपीएममा ३५ बिएचपी पावरका साथै ७५ सय आरपीएममा ३५ एनएम टर्क उत्पादन गथ्र्यो ।  बजारमा उक्त मोटरसाइकलको पावर ट्रेनमा परिमार्जन गर्न माग भएअनुसार कम्पनीले ४ पीएस पावर बढाएर ल्याएको हो ।

स्टाइलमा परिमार्जन

यसको सम्पूर्ण डिजाइनमा परिमार्जन गरिएको छ । यसमा ब्ल्याक आट बिट बडी कलर प्यानलको विशेषता दिइएको छ । परिमार्जित डोमिनारको फ्रन्ट–सस्पेन्सन सिस्टमलाई परिवर्तन गरिएको छ ।

सेग्मेन्ट स्ट्यान्डर्डमा आधारित इन्भटेर्ड टेलिस्कोपिक युनिटले रेगुलर टेलिस्कोपिक–फर्कलाई रिप्लेस गरेको कम्पनीले जनाएको छ । साथै, मोटरसाइकलमा डबल–क्यान साइलेन्सर लगाइएको छ । 

ग्राहकको प्रतिक्रिया बमोजिम मोटरसाइकललाई परिमार्जन गरिएको बताउँदै कम्पनीले भाइब्रेसनको समस्या हट्नुका साथै ग्राउन्ड क्लियरेन्समा वृद्धि गरेको जनाएको छ । 

त्यस्तै, कम्पनीले मोटरसाइकलमा वाइड–ह्यान्डलबार र लामो पिलिन–सिट दिएको छ । साथै, भ्यू–मिरर, ठूलो–रेडिएटर, न्यू–लेगार्ड, परिमार्जित डिजिटल इन्ट्रुमेन्ट कन्सोल र फ्रन्ट–फेन्डरमा ब्रेकका लागि भेन्ट लगाएको छ । 

सस्पेन्सन र एक्जस्ट

कम्पनीले यसमा ४३ एमएमको टेलिस्कोपीक फर्क दिएको छ । रेगुलर मोडलमा उपलब्ध मनोशक युनिटनै लगाइएको छ  । पुरानोको तुलनामा यसको तौल बढाएर १८४ किलोग्राम बनाइएको छ  । 

विशेषता

पुरानो मोडलको तुलनामा आकर्षक तथा अपग्रेटेड इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ भने, दुई वटा डिस्प्ले दिइएको छ । यस्तै, साइडस्टान्ड इन्टीकेटरको विशेषता थपिएको छ । यो बाइक डियुल च्यानल एबीएससहित बजारमा आउने छ ।

मूल्य

भारतीय बजारमा यसको मूल्य १ लाख ७० देखि १ लाख ८० को बीचमा पर्न आउने अनुमान गरिएको छ । यसले केटीएम ३९० ड्युक, टीभीएस अपाची आरआर–३१० र बिएमडब्ल्यू–३१० जीसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top