हिरो जुम १२५ नेपालमा सार्वजनकि, यस्तो छ मूल्य

काठमाडौं । हिरोको नयाँ स्कुटर नेपाली बजारमा सार्वजनिक भएको छ । आजदेखि सुरू भएको नाडा अटो शो २०२५ मा हिरो जुम १२५ सार्वजनिक भएको हो ।

हिरोको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सीजी मोटर्सले जुम १२५ स्पोर्टी स्कुटरको मूल्य ३ लाख ९ हजार ९०० रुपैयाँ तोकेर सार्वजनिक गरेको हो ।

हिरो जुम १२५ ले १२५ सीसी सेग्मेन्टका एनटर्क, रेजेडआर तथा डिओ १२५ सँग प्रतिस्पर्धा गर्नेछ ।

हिरो जुम १२५ मा १२४.६ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कूल्ड इन्जिन उपलब्ध छ । यो इन्जिनले अधिकतम ९.८ ब्रेकहर्स पावर र १०.४ एनएमको टर्क जेनेरेट गर्छ । यो स्कुटरले ०-६० मात्र ७.६ सेकेण्डमा भेट्छ ।

हिरो जुम १२५ मा सबै एलईडी लाइटको प्रयोग गरिएको छ भने सेग्मेन्टमै पहिलो १४ इन्चको अलोय ह्वीलको प्रयोग गरिएको छ । यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेकको प्रयोग गरिएको छ ।

कम्पनीले यसमा स्मार्ट कनेक्ट फिचरका साथै डिजिटल स्पीडोमिटर दिएको छ । यसको अगाडी टेलिस्कोपिक र रियरमा मोनोशक सस्पेन्सन दिएको छ ।


Back_to_top