काठमाडौं । यातायात व्यवस्था विभागले २०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ ।
विभागले मंगलबार एक सूचना जारी गर्दै असोजदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरिएको जानकारी गराएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा गत साउन २० गते बसेको विषयगत समितिको बैठको निर्णय अनुसार इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्न लागिएको विभागले जनाएको छ ।
सबै सवारीधनीले आफ्नो सवारी साधनमा यथाशीघ्र इम्बोस्ड नम्बर प्लेट जडान गर्न समेत विभागले अनुरोध गरेको छ ।


