टाटाका ईभी बुकिङ गर्नेले लाइफ टाइम चार्ज गरेको पैसा तिर्न नपर्ने

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘ फ्री लाइफ टाइम चार्जिङ’ योजना ल्याएको छ ।

कम्पनीले आजदेखि काठमाडौंको भुकृटीमण्डपमा सुरु भएको  नाडा अटो शो २०२५ को अवसरमा उक्त स्कीम ल्याएको हो ।

यस अफर अन्तर्गत नाडा अटो शोमा ग्राहकले टाटाका कुनै पनि ईभी बुकिङ गर्दा लाइफ टाइम चार्जिङ सुविधा पाउने छन् । अर्थात् लाइफ टाइम टाटाका ईभी चार्ज गरेको पैसा तिर्नु पर्दैन ।

हाल नेपालमा टाटाको टियागो, नेक्सन, पन्च र कर्भ  ईभी उपलब्ध छन् ।


Back_to_top