नाडा अटो शोमा ‘उड्ने कार’ हेर्नेको थामी नसक्नु भीड (भिडियोसहित)

काठमाडौं । दीपलको उड्ने कार ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘नाडा अटो शो २०२५’ मुख्य आकर्षण बनेको छ ।

उक्त कार चांगानको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ल्याएको हो । नेपालको अटोमोबाइल इतिहासमै पहिलो पटक उड्ने कार प्रदर्शनीमा राखिएको हो ।

अटोशोको स्टल नं. ए १ मा राखिएको उक्त कार हेर्नेको थामी नसक्नु भीड लागेको छ । उक्त कार हेर्न पत्रकार, व्यवसायी, भिजिटरहरूको ठूलो भीड लागेको छ ।

उक्त ट्याक्सी चीनबाट तातोपानी नाका हुँदै काठमाडौं ल्याइएको हो । कोदारी साजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको इकुमा पहिरो गएकाले करिब १५० मिटर भरियालाई बोकाएर ल्याइएको थियो ।


Back_to_top