सवारी कर्जामा लोन टु भ्यालु रेसियो बढाउनु पर्छ : अध्यक्ष चौधरी

काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले सवारी साधन खरिदका लागि प्रदान गरिने कर्जामा ‘लोन टु भ्यालु रेसियो’ बढाउनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित १७औँ संस्करणको ‘नाडा अटो शो-२०२५’को उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहभागी कार्यक्रममा उनले मौद्रिक नीतिको आगामी समीक्षा मार्फत लोन टु भ्यालु रेसियो बढाउनुपर्ने बताए ।

अटोमोबाइ क्षेत्रले १० लाखलाई रोजगारी दिएकाले अटो व्यवसायीको आत्मवल बढाउनुपर्ने बताए । उनले अटो सवारी प्रदर्शनी मात्र नभई व्यवसायीको काम गर्ने थलो रहेको बताए ।

उनले सरकारले सवारी साधन आयातमा लागू गरेको युरो ५ र ६ मापदण्ड सकारात्मक रहेको बताए । तर, व्यवसायीले केही समय दिनुपर्ने उनको भनाइ छ ।


Back_to_top