काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार भित्रै सवारी दुर्घटना भएको छ ।
बुधबार मध्याह्न संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)को ६६-१-००१२ नम्बरको गाडीले रोकिराखेको अर्को कारलाई ठक्कर दिएको हो ।
विज्ञान प्रविधि मन्त्रालय अगाडि रोकेर राखिएको बागमती प्रदेश ०१ ०२८ च ९००९ नम्बरको कारलाई ठक्कर दिएको हो ।
उक्त निजी कार रास्वपा सांसद नितिमा कार्की भण्डारीको रहेको बताइएको छ ।
दुर्घटनाबाट गाडीको यूएनडीपीको गाडिको अगाडिको भाग कुच्चिएको छ भने सांसदको गाडीको ढोका पट्टीको भागमा गति पुगेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।
उक्त घटनाबारे जानकारी लिने काम भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


