काठमाडौं । नेपाली बजारमा रोयल इनफिल्डको हन्टर ३५० मोटरसाइकलको ३ नयाँ कलर सार्वजनिक भएको छ ।
नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले हन्टर ३५० नयाँ मुम्बई एल्लो, मुनशट ह्वाइट र ट्रामाक ब्ल्याक कलर बिक्री सुरु गरेको हो ।
कम्पनीले कलर अनुसार मूल्य फरक फरक तोकेको छ । कम्पनीका अनुसार मुम्बई एल्लो र मुनशट ह्वाइटको समान ५ लाख ११ हजार रुपैयाँ र ट्रामाक ब्ल्याकको ४ लाख ८७ हजार रुपैयाँ निर्धारण गरेको छ ।
हन्टर ३५० रोयल इनफिल्डको नयाँ जे सिरिज प्लेटफर्ममा निर्माण भएको मोटरसाइकल हो । यसमा ३४९ सीसीको, सिंगल सिलिण्डर, फ्युल इन्जेक्टेड, एसओएचसी एयर एण्ड आयल कुल्ड इन्जिन दिइएको छ । यो ओबीडी टू मापदण्डमा निर्माण भएको नयाँ इन्जिन हो । यो इन्जिनले अधिकतम २०.२ हर्सपावर तथा २७ एनएमको टर्क जेनेरेट गर्छ ।
यसमा ५ स्पीडको गियरबक्सका साथै स्लिप एण्ड असिस्ट क्लच पनि पाउन सकिन्छ । ट्वीन डाउन ट्युब स्पीन फ्रेममा बनेको यस मोटरसाइकलयसमा रेट्रो स्टाइल फिल दिने डिजिटल एनालग एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, ट्रीपर नेभिगेसन सिस्टम, एलईडी हेडलाइट, एलईडी टेलल्याम्प र टाइप सी फास्ट चार्जिङ पोर्ट दिइएको छ ।
हन्टर ३५० मा रोयल एनफिल्डको कम्प्याक्ट नियो रेट्रो रोडस्टर ग्राफिक्स डिजाइनमा छ । हन्टर ३५० अप्सन अनुसार डबल डिस्कब्रेकसँगै ड्रमब्रेक, सिंगल च्यानल र डबल च्यानल एबीएस उपलब्ध छ ।


