फिचर थपिएर आयो नयाँ एटो टु, रेन्ज ५०० किमी माथि

काठमाडौं । बीवाइडीले आफ्नो चर्चित इलेक्ट्रीक क्रसओभर युआन अप (एटो टु)को नयाँ २०२७ संस्करण सार्वजनिक गरेको छ ।

बीवाइडीले थप फिचर र बढी रेन्जसहितको अपडेटेड एटो टु बजारमा ल्याएको हो । कम्पनीले चिनियाँ बजारमा नयाँ एटो टुको सु?आती मूल्य ११ हजार १५० अमेरिकी डलर तोकेको छ ।

कम्पनी नयाँ एटो टु ५ भेरियन्टमा उपलब्ध गराएको छ । सबै भेरियन्टमा ७० किलोवाटको इलेक्ट्रीक मोटर छ । यसअघि चीनमा एटो टु ७० किलोवाट र १३० किलोवाटको मोटरमा उपलब्ध थियो । नेपाली बजारमा उपलब्ध एटो टुमा भने १०० किलोवाटको मोटर छ ।

नयाँ एटो टुमा फिनड्रिम्स ब्याट्रीले लिथियम आइरन फोस्फेट ब्लेड ब्याट्री उपलब्ध छ । नयाँ एटो टुमा ५१.१३ किलोवाट आवर, ४५.१२ किलोवाट आवर र ३२ किलोवाट आवरको ब्याट्री अप्सन छ । यी ब्याट्रीले क्रमशः ३०१ किमी, ४०१ किमी र ५०१ किमी सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ । फास्ट चार्जिङ मार्फत यी ब्याट्रीलाई केवल ३० मिनेटमै ३० प्रतिशतबाट बढाएर ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

नयाँ एटो टुको बाहिरी डिजाइनमा कुनै परिवर्तन गरिएको छैन । यसको आकार पहिलाको जस्तै लम्बाइ ४३१० एमएम, चौडाइ १,८३० एमएम, उचाइ १,६७५ एमएम छ । यसमा २,६२० एमएमको ह्वीबेस पाउन सकिन्छ ।

कम्पनीले नयाँ एटो टु थप दुई कलर ‘इनर्जेटिक येलो’ र ‘अक्सिजन ब्लुु’ उपलब्ध गराएको छ । साथै, माथिल्ला भेरियन्टहरूमा १७ इन्चको एरोडायनामिक अलोय ह्वील थपिएका छन्।

एटो टुको इन्टेरियमा भने परिवर्तन भएको छ । नयाँ एटो टुको स्टेयरिङ पछाडि नयाँ गियर लिभर राखिएको छ । जसले सेन्टर कन्सोलमा अतिरिक्त ठाउँ उपलब्ध भएको छ। यसबाहेक १२.८ इन्चको घुमाउन सकिने मुख्य स्क्रीन, ८.८ इन्चको ड्राइभर डिस्प्ले, अगाडिको सिटमा भेन्टिलेसन र हिटेड सिट, पानोरमिक सनरुफ जस्ता फिचर छन् ।

त्यस्तै, नयाँ एटो टुमा टुस्पोक भएको नयाँ लेदर स्टेयरिङ ह्वील हालिएको छ। साथै अगाडिको सिटमा भेन्टिलेसन र तातो हिटिङ प्रविधि जोडिएको छ ।

केही भेरियन्टहरूमा आफैं पार्किङ हुने प्रविधि (अटोमेटेड भ्याले पार्किङ) र राजमार्गमा गाडी आफैँ चलाउन सघाउने स्मार्ट प्रणाली राखिएको छ। अटो पार्किङ गर्दा गाडीमा कुनै क्षति भएमा कम्पनीले नै क्षतिपूर्ति दिने व्यवस्था समेत गरेको छ।

साथै, स्मार्टफोनको सहायताले गाडी खोल्न सकिने डिजिटल साँचो (एनएफसी प्रविधि), पछाडि बस्नेका लागि छुट्टै एसी भेन्ट र थपिएको छ ।


Back_to_top