त्रिभुवन विमानस्थलमा ‘भीआइपी’ सुविधा बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट व्यक्तिले पाउने ‘भीआइपी’ सुविधा बन्द गरिएको छ ।

विमानस्थल कार्यालयले भीआइपी कक्ष बाहिर सूचना टाँसेर उक्त जानकारी गराएको हो ।

असहज परिस्थितिका कारण भीआइपी सुविधा बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न सूचित गरिएको छ ।

मंगलबारदेखि बन्द रहेको त्रिभुवन विमानस्थल आज बिहानैदेखि पूर्ण रुपमा संचालनमा आएको छ । यद्यपि, अन्तर्राष्ट्रिय उडान भने बुधबारदेखि नै संचालनमा आएको थियो ।


Back_to_top