दशैं बिदामा पनि निगमका यी १३ डिपो खुल्ने

काठमाडौं । नेपाल आयल निगमले दशैं बिदामा पनि आफ्ना १३ वटा डिपोहरू खुला राख्ने भएको छ ।

दशैंको बेला पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि निगमले देशका विभिन्न ठाउँका १३ वटा डिपोहरू खुला राख्ने भएको हो ।

अन्य समयकोभन्दा दशैंमा सवारीको चाप बढ्ने भएकाले त्यसलाई मध्येनजर गर्दै सबै पेट्रोलपम्महरू खुल्ने निगमले जनाएको छ । पप्पहरूलाई सहजै तेल आपूर्ति गराउन बिदाका दिनमा पनि १३ वटा डिपोहरू खुला हुने निगमको भनाइ छ ।

निगमका अनुसार कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशको अमलेखगंजमा डिपो असोज १३ र १७ गते खुला हुनेछ । त्यसैगरी, बागमतीको थानकोट असोज १३, १५ र १८ गते, गण्डकीको पोखरा, लुम्बिनीको प्रादेशिक कार्यालय असोज १३, १४ र १८ गते गते खुला हुनेछ ।

त्यस्तै, कर्णालीको सुर्खेत डिपो असोज १४ र १८ गते, सुदूरपश्चिमको धनगढी डिपो असोज १३, १४ र १७ गते खुला हुने निगमले जनाएको छ ।

यसैगरी, शाखा कार्यालय चारआली असोज १३ र १८ गते, धनुषा डिपो असोज १३ र १७ गते, नेपालगञ्ज डिपो असोज १३ र १४ गते, वीरगंज डिपो असोज १३, १४, १५ र १७ गते, इन्धन डिपो दाङ असोज १३, १४, १५ र १८ गते र दिपायल शाखा आवश्यकता अनुसार खुला रहने निगमले जनाएको छ ।


Back_to_top