काठमाडौं । दशैं तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै मोटरसाइकल कम्पनीहरूले आकर्षक अफर चलाइरहेका छन् ।
नेपालमा चाडपर्वको बेला नयाँ सवारी साधनको बिक्री धेरै हुन्छ । त्यसैलाई लक्षित गर्दै कम्पनीहरुले ग्राहक आफूतिर तान्न अनेक सुविधा सहितका अफर ल्याएका हुन् ।
कम्पनीहरुले दशैं अफर अन्तर्गत नगद छुट, एक्सचेन्ज बोनस, सडक कर निशुल्कः, बीमा निःशुल्क, सर्भिसिङ फ्री, विदेश भ्रमण, आकर्षक फाइनान्स सुविधा जस्ता स्कीम ल्याएका छन् ।
कुनको कस्तो छ अफर ?
बजाज
बजाजले चाडपर्वलाई लक्षित गर्दै नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग (बीपीएल) योजना ल्याएको हो ।
यस योजना अनुसार ग्राहकले हरेक नयाँ बजाज मोटरसाइकल खरिदमा क्रिकेटको जस्तै जति धेरै रन बनायो, त्यति धेरै नगद पुरस्कार पाउने छन् ।
साथै, सातै प्रदेशबाट हरेक हप्तामा ५० हजार नगद उपहार, प्लेयर अफ द विक बन्ने ग्राहकलाई १ लाख नगद र चर्चित क्रिकेटरहरूसँग भेट्ने विशेष अवसर पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै, गेमप्रेमीहरूले मोबाइलमा क्रिकेट खेलेर पनि विभिन्न उपहारहरू जित्ने सक्ने बताए । यस गेममा जति धेरै रन लिन सक्यो त्यति नै धेरै उपहारहरू पाइने छ । यो गेम जो सुकैले सजिलै खेल्न सक्ने कम्पनीले जनाएको छ ।
साथै, नागरिकताको भरमा सहज फाइनान्सिङ सुविधा पनि पाउने छन् ।
सीएफमोटो
सीएफ मोटोको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले आकर्षक सुविधा सहितको फेस्टिभ अफर ल्याएको हो ।
कम्पनीले बिक्री गर्दै आइरहेको सीएफ मोटोको मोटरसाइकल एमटी ४५०, एनके २५० र एनके ३०० मोडलमा छुट्टाछुट्टै फेस्टिभ अफर सुरू गरेको हो ।
यसअफर अन्तर्गत सीएफ मोटोको एनके २५० मोटरसाइकल खरिद गर्दा ३५ हजार नगद रुपैयाँ छुट र जुनसुकै ब्राण्डका मोटरसाइकल वा स्कुटर एनके २५० मोडलसँग एक्स्चेन्ज गर्दा ४५ हजारसम्मको एक्स्चेन्ज बोनस पाइने छ ।
कम्पनीले एनके ३०० मोडलको खरिदमा एमटी कम्पनीको प्रिमियम हेल्मेट र सीएफमोटोको लोगो भएको एउटा हुडी प्रदान गर्ने जानकारी दिएको छ । साथै, एमटी ४५० को खरिदमा कम्पनीले १ वर्षमा ५ वटा फ्री राइड प्लान गराउने र एउटा एमटी हेल्मेट दिने छ ।

यसका अलावा बम्पर लक्की ड्र उपहारका रूपमा कम्पनीले भाग्यशाली ग्राहकलाई ४ रात ५ दिनका लागि बाली ट्रिप लाने बताएको छ । यो बम्पर अफर भने तीनै मोडलमा लागू हुनेछ ।
सीएफ मोटोका मोटरसाइकल फाइनान्स सुविधामा पनि किन्न सकिन्छ । यसका लागि कम्पनीले सहज ‘हसल फ्री फाइनान्सिङ’ सुविधा दिने छ । यो अफर सीएफ मोटोको सम्पूर्ण आधिकारिक शोरुमहरूबाट पाइने कम्पनीले जनाएको छ ।
होन्डा
होन्डाले दशैं तिहार चाडपर्व लक्षित गर्दै ‘यो दशैं घरघरमा समृद्धिको उपहार’ नामक फेस्टिभ अफर ल्याएको छ।
यस अफर अन्तर्गत होन्डाको मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकले हरेक हप्ता लक्की ड्र मार्फत १ लाख रुपैयाँसम्म नगद रकम जित्ने अवसर पाउने छन् ।
साथै, ग्राहकले १० हजारसम्मको थप स्क्रयाच कुपन, १२ हजार ५०० बराबरको ५ वर्षसम्मको होन्डा फ्री एएमसी अफर, ६ वटा फ्री सर्भिसिङ, प्रो होन्डा इन्जिन आयल फ्री जस्ता थप तीन आकर्षक अफर पाउने छन् । यसमा भने ग्राहकले तीन मध्ये एउटा मात्रै अफर छान्न पाउने छन् ।
ग्राहकले ल्याएका जुनसुकै पुराना ब्राण्डका मोटरसाइकल वा स्कुटर होन्डाका जुनसुकै मोडलसँग एक्सचेन्ज गर्न सक्नेछन् ।
कम्पनीले होन्डाको मोटरसाइकल तथा स्कुटरहरूमा किस्ताबन्दी सुविधा पनि उपलब्ध गराएको छ । ईएमआइमा मोटरसाइकल खरिद गर्दा सेलेक्टेड मोडलमा १ प्रतिशत मात्रै ब्याजदर लाग्ने कम्पनीले जनाएको छ ।
हिरो
हिरो मोटोकर्प नेपालले दशैं तिहारलाई लक्षित गर्दै ‘हाम्रो परम्परा’ नामक अफर ल्याएको छ । यसअफर अन्तर्गत ग्राहकले हिरोको मोटरसाइकल तथा स्कुटर गरीद गर्दा स्योरसट स्क्रास्च मार्फत न्यूनतम ८ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद छुट पाउने छन्।

साथै, आफूसँग भएको पुरानो मोटरसाइकलसँग हिरोको जुनसुकै मोडल एक्सचेन्ज गर्दा स्क्रास्च मार्फत १० हजार रुपैयाँ देखि १ लाखसम्म थप मूल्याङकन पनि पाउने छन् ।
यस स्कीममा फाइन्नान्स सुविधमा स्कुटर तथा मोटरसाइकल खरिद गर्दा कुनै पनि सभिर्स चार्ज नलाग्ने कम्पनीले जनाएको छ ।
यामाहा
यामाहाले ‘बेस्ट फेस्टिभ एक्स्चेन्ज अझै ज्यादा अझै धरै’ नामक फेस्टिभ अफर ल्याएको हो ।
यस फेस्टिभ अफर अन्तर्गत ग्राहकले यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म नगद जित्ने अवसर पाउने छन् । त्यस्तै, प्रत्येक हप्तामा एकजना ग्राहकले यामाहाको एउटा मोटरसाइकल पनि जित्न सक्ने छन् ।
साथै, ग्राहकले जुनसुकै ब्राण्डका मोटरसाइकल तथा स्कुटरसँग यामाहाको जुनसुकै मोडल छानेर साट्न सक्ने छन् । यसमा कम्पनीले जस्तो सुकै कन्डिसनमा रहेका मोटरसाइकल तथा स्कुटरमा न्यूनतम मूल्यांकन २५ हजार र १० हजार रुपैयाँ थप बोनस दिनेछ ।

त्यस्तै, ग्राहकले अन द स्पट एक्स्चेन्ज, इजी फाइनान्स, सेलेक्टेड मोडलमा शून्य प्रतिशत र अन्यमा ७.९९ प्रतिशतमा फाइनान्स कर्जा सुविधा पाउने छन् । ईएमआइ सुविधामा मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले कुनै ग्यारेन्टर९साक्षी० समेत राख्नु नपर्ने कम्पनीले जनाएको छ ।
यसका अलावा कम्पनीले ‘यामाहा राइड द ब्लू वीथ रोडिज’ नामक अफर पनि दिइरहेको छ ।
टीभीएस
टीभीएसले चाडपर्व लक्षित ‘फिल फेस्टीभ, राइड टीभीएस’ योजना ल्याएको छ । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्सले १ लाखसम्म नगद छुट पाइने स्कीम ल्याएको हो ।
कम्पनीले ल्याएको यो स्कीममा ग्राहकले अब नागरिकताकै भरमा पनि टीभीएस मोटरसाइकल तथा स्कुटर किन्न सक्ने भएका छन् । यसअघि बजाजले मात्र यस्तो सुविधा उपलब्ध गराउँदै आएको थियो ।
यो स्कीममा ग्राहकले १ लाखसम्म नगद छुट, १ हजार जनाले ८ हजार रुपैयाँको सपिङ भौचर जित्न सक्नेछन् । एक्सचेन्ज सुविधा समेत उपलब्ध यो योजनामा ग्राहकले अफूसँग भएको पुरानो मोटरसाइकल दिएर नयाँ टीभीएस किन्न सक्नेछन् । यसरी एक्सचेन्ज गर्दा पुरानो मोटरसाइकलमा बजार मूल्यांकनमा थप १० हजार एक्सचेन्ज बोनस दिने कम्पनीले जनाएको छ ।

ग्राहकले सहज फाइनान्स सुविधा अन्तर्गत नागरिकता र लाइसेन्स राखेर बिना झन्झट फाइनान्स सुविधा लिन सक्नेछन् ।
सुजुकी
सुजुकीले मोटरसाइकल तथा स्कुटरमा ‘दशैंसँगै मिलन र प्रगतिको यात्रा’ नामक फेस्टिभ अफर ल्याएको छ ।
कम्पनीले ल्याएको यस विशेष फेस्टिभ अफरमा ५० हजार रुपैयाँसम्मको क्यास डिस्काउन्टसँगै अन्य आकर्षक एक्सचेन्ज बोनसहरू पनि पाइन्छ ।
सुजुकी ग्राहकले एक्स्चेन्ज गरि सुजुकीको एभीनिस स्कुटर किन्दा नगद १० हजार रुपैयाँ बोनस पाउने र जिक्सर मोटरसाइकलमा ७ हजार रुपैयाँ थप एक्स्चेन्ज बोनस पाउने छन् ।
साथै, कम्पनीले शून्य प्रतिशत फाइनान्स सर्भिस चार्जमा इजी इएमआई सुविधा पनि दिने छ ।
यसका अलावा कम्पनीले सर्भिसिङमा पनि फास्ट ट्रयाक सर्भिस सुविधा, फ्री वास भौचर, फ्री एफआई सिस्टम चेकअप का साथै एएमसी स्किम जस्ता सुविधा पनि दिने जनाएको छ ।

