काठमाडौं । अमेरिकी एसयूभी निर्माता जीपले आफ्नो नयाँ पुस्ताको चेरोकीमा अफरोड क्षमतालाई प्राथमिकता दिँदै २०२७ मोडलको ट्रेलहक भेरियन्ट बाहिर ल्याएको छ ।
नयाँ चेरोकी ट्रेलहकमा कम्पनीले सामान्य एसयूभी भन्दा कठिन भौगोलिक अवस्थासमेत पार गर्न सक्ने गरी फोर ह्वील ड्राइभ सिस्टम र विशेष अफरोड उपकरण दिएको हो ।
सन् १९८४ मा सार्वजनिक भएको चर्चित एक्सजे चेरोकीले पारिवारिक उपयोगिता र अफरोड क्षमताको संयोजनबाट छुट्टै पहिचान बनाएको थियो । नयाँ ट्रेलहकलाई पनि त्यही विरासतको आधुनिक निरन्तरताका रूपमा हेरिएको छ ।
यसमा जीपको एक्टिभ ड्राइभ टु फोर ह्विल ड्राइभ सिस्टम, इलेक्ट्रोनिक लकिङ रियर एक्सल र टु स्पिड ट्रान्सफर केस दिइएको छ । ट्रान्सफर केसले २.९२ः१ को लो रेन्ज उपलब्ध गराउँछ ।
यसको क्रल रेसियो ३७.५ः१ छ । यसले उकालो, चिप्लो बाटो र कठिन अफरोड ट्र्याकमा कम गतिमा बढी नियन्त्रणसहित गाडी चलाउन सहयोग गर्छ ।
नयाँ ट्रेलहकमा एक इन्चको लिफ्ट दिएर ग्राउन्ड क्लियरेन्स ९ इन्च पुर्याइएको छ । यसको एप्रोच एंगल २८.८ डिग्री, ब्रेकओभर एंगल २१.९ डिग्री र डिपार्चर एंगल ३१.८ डिग्री छ ।
अन्डरबडी र ब्याट्री सुरक्षाका लागि स्टिल स्किड प्लेट तथा १७ इन्चका अल टेरेन टायर उपलब्ध छन् । यसले २४ इन्चसम्म गहिरो पानी पार गर्न सक्ने कम्पनीको दाबी छ ।
यसमा २१० हर्सपावरको टर्बोचाज्र्ड हाइब्रिड इन्जिन दिइएको छ ।
अमेरिकामा यसको प्रारम्भिक मूल्य ४४ हजार ६२५ अमेरिकी डलर तोकिएको छ । यसको उत्पादन सन् २०२६ को अन्त्यतिर मेक्सिकोमा सुरु हुनेछ ।
नयाँ ट्रेलहकको प्रतिस्पर्धा जीपकै र्याङ्गलरसँग पनि हुनेछ । कठिन अफरोड यात्राका लागि ¥याङ्गलर उपयुक्त भए पनि पारिवारिक उपयोगिता, आराम र अफरोड क्षमताको सन्तुलन खोज्ने ग्राहकका लागि चेरोकी ट्रेलहक आकर्षक विकल्प बन्न सक्ने देखिन्छ ।

