काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी महिन्द्राको ‘भिजन एस’ चाँडै उत्पादन चरणमा प्रवेश गर्ने देखिएको छ । कम्पनीले भारतमा आधिकारिक रूपमा ‘भिजन एस’को डिजाइनको पेटेन्ट दर्ता गरेसँगै चाँडै उत्पादन थाल्ने सम्भावना बढेको हो ।
महिन्द्राले १५ अगस्ट २०२५ मा आफ्नो बहुप्रतीक्षित ‘एनयू आइक्यू’ प्लेटफर्म सार्वजनिक गर्दै चार नयाँ कन्सेन्ट सार्वजनिक गरेको थियो । तीमध्ये भिजन एक्स, टी र एक्सटीको यसअघि नै प्याटेन्ट दर्ता भइसकेको थियो भने अहिले भिजन एसको दर्ता गरेको हो ।
महिन्द्राले आधिकारिक रूपमा नबताए पनि यसको व्यावसायिक उत्पादन सन् २०२७ देखि सुरू हुने सम्भावना छ । एनयू आइक्यू प्लेटफर्म भएकाले भिजन एस पनि पेट्रोल, डिजेल, हाइब्रिड र इलेक्ट्रीक गरी चारवटै पावरट्रेन विकल्पमा उपलब्ध हुनेछ ।
पेटेन्ट अनुसार भिजन एसको धेरैजसो विशेषताहरू कन्सेप्ट मोडलमा देखिएकै जस्ता छन् । यद्यपि, भेरियन्ट अनुसार उत्पादन मोडलमा केही खास विशेषता र एसेसरिजहरू फरक हुन सक्नेछन्।
यसको बाहिरी डिजाइन बक्सी र ल्याडर फ्रेमबाट प्रेरित अफरोड लुक भएको हुनेछ । यसमा लिम्ब राइजर, अगाडिको सहायक बत्ती, छतमा राखिने भर्याङ र युटिलिटी र्याकहरू समावेश छन् ।

साइड प्रोफाइलमा बाहिर निस्किएका वर्गाकार ह्विल आर्किहरू, बडी क्ल्याडिङ, फ्लस फिटिङ डोर ह्याण्डल र फिनिसिङ गरिएका झ्यालका फ्रेमहरू छन् । यो एसयूभीको अग्लो भएकाले सामान्यतया ४ मिटरभन्दा साना सेग्मेन्टमा देखिने गाडीको तुलनामा यसमा भित्री ठाउँ राम्रो हुन सक्छ ।
यसको बेल्टलाइन र रुफलाइन धेरैजसो समतल देखिन्छन् । पछाडिको भागमा मुख्य आकर्षणका रूपमा स्पेयर टायर, समतल पछाडिको ढोका र बाक्लो बम्पर रहेका छन्। एसयूभीमा जोडिएको ढाँचामा ठाडो रूपमा राखिएका पछाडिका बत्तीहरू हुने अपेक्षा गरिएको छ।
यसको इन्टेरियका धेरैजसो फिचरहरू थार रक्स र बीई ६ ईभीबाट ल्याइन सक्छन्। टेस्टिङ मोडलहरूबाट बीचमा राखिएको ठूलो टचस्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र टु स्पोक भएको स्टेयरिङ छन् । डिजिटल प्रविधिमा केन्द्रित भए तापनि यसमा सजिलो र झन्झटरहित प्रयोगका लागि धेरैजसो भौतिक बटन र नबहरू पनि राखिएका छन् ।
महिन्द्राका नयाँ मोडलहरूमा जस्तै भिजन एसमा पनि एप्पल कारप्ले र एण्ड्रोइड ओटो सहितको नेक्स्ट जेन एड्रेनोएक्स ओएस पाउन सकिनेछ । अन्य सम्भावित फिचरहरूमा सिंगल पेन सनरुफ, भेन्टिलेटेड सिट र वायरलेस चार्जिङ रहेका छन्। सुरक्षा फिचरमा लेभल २ एडास, ३६० डिग्री क्यामेरा सेटअप समावेश हुन सक्छ ।

