काठमाडौं । बजाजले पल्सर एनएस १२५ को २०२५ मोडल भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न फिचर अपडेट गरेर पल्सर एनएस १२५ सार्वजनिक गरेको हो ।
कम्नपीले अपडेटेड पल्सर एनएस १२५ को बिक्री मूल्य ९८ हजार ४०० भारतीय रुपैयाँ तोकेको छ ।
अपडेटेड २०२५ मोडल पल्सर एनएस १२५ मा कम्पनीले एबीएस मोड दिएको छ । यसमा रेड, रोड र अफरोड गरि तीन एबीएस मोड थप गरेको हो । यसका साथै कम्पनीले यसको इन्स्ट्रुमेन्ट क्लस्टरको डिजाइन समते परिर्वतन गरेको छ ।
कम्पनीले पल्सर एनएस १६० को कन्सोल १२५ मा दिएको छ । यसमा टर्न बाइ टर्न नेभिगेशन, कल/एसएमएस अलर्ट दिइएको छ ।
यसका अलावा कम्पनीले नयाँ कलर अप्सन दिइको छ । २०२५ एनएस १२५ अब पर्ल मेटालिक ह्वाइट कलर अप्सनमा उपलब्ध भएको छ ।
कम्पनीले यसमा कुनै मेकानिकल परिर्वतन भने गरेको छैन । यसमा १२४.४५ सीसी सिंगल सिलिण्डर एयर कुल्ड इन्जिन दिइएको छ । यो इन्जिनले ११.९ पीएस पावरका साथै ११ एनएम टर्क जेनेरेट गर्छ ।

