काठमाडौं । नेपाली बजारमा पछिल्लो समय चर्चित बन्दै गएको बजाजको इलेक्ट्रीक स्कुटर चेतक ३५०१ मासिक ४ हजार १९३ रुपैैयाँमै किन्न पाइने भएको छ ।
नेपालका लागि चेतकको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले ल्याएको फाइनान्स सुविधा अन्तर्गत यस्तो अफर पाइने भएको हो ।
कम्पनीले बजाज चेतकको बिक्री मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ तोकेको छ । कम्पनीले ग्राहको सुविधाका लागि फरक फरक किस्ताबन्दी र डाउनपेमन्ट सुविधा उपलब्ध गराएको छ ।
जसमा ६० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले मासिक ४ हजार १९३ रुपैयाँमै चेकत किन्न सक्ने भएका हुन् । चेतक किन्नका लागि ग्राहकले सुरुमा ६० प्रतिशत अर्थात् १ लाख ९४ हजार ९४० रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्नेछ । त्यसपछि ३ वर्षसम्म मासिक ४ हजार १९३ रुपैयाँ किस्ता तिर्नुपर्नेछ । २ वर्ष किस्ताबन्दीमा लिने हो भने मासिक ५ हजार ९९६ रुपैयाँ किस्ता तिर्नुपर्छ ।
डाउन पेमेन्ट गरिएको रकममा १ वर्षको बीमा, पहिलो किस्ता र नामसारी गर्दा लाग्ने खर्च पनि जोडिएको छ । ग्राहकले दोस्रो महिनादेखि मात्र किस्ता तिरे हुन्छ ।

५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले भने मासिक किस्ता केही महँगो तिर्नुपर्ने हुन्छ । कम्पनीका अनुसार यस सुविधा अन्तर्गत ग्राहकले डाउन पेमेन्ट बापत १ लाख ६२ हजार ४५० रुपैयाँ भुक्तानी गर्नुपर्छ ।
त्यसपछि ३ वर्ष किस्तामा लिने हो भने मासिक ५ हजार ३९५ रुपैयाँ र २ वर्षे किस्तामा लिने हो भने ७ हजार ६४७ रुपैयाँ किस्ता तिर्नुपर्छ । यसको पनि डाउन पेमेन्ट गरिएको रकममा १ वर्षको बीमा, पहिलो किस्ता र नामसारी गर्दा लाग्ने खर्च पनि जोडिएको छ ।
ईएमआइमा स्कुटर किन्न चाहने ग्राहकलाई कम्पनीले १ घण्टा भित्रमै लोन पास सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । ग्राहकको सहजताका लागि कम्पनीले नागरिताकै भरमा फाइनान्स सुविधामा स्कुटर उपलब्ध गराएको छ ।
एक्सचेन्ज पनि गर्न सकिने
कम्पनीले जुनसुकै ब्राण्डका पुराना दुईपाँग्रे सवारी साधनसँग एक्सचेन्ज गर्न सक्ने सुविधा पनि दिएको छ । कम्पनीले काठमाडौंको नक्सालस्थित बाइकर्स क्याफेमा नोभेम्बर ९ देखि १४ सम्म ‘पुरानो देखि बोल्ड चेतक एक्सचेन्ज क्याम्प’ पनि संचालन गरिरहेको हो । जहाँ ग्राहकले आफूसँग भएको पुरानो सवारी साधनसँग नयाँ बजाज चेतक साट्न सक्नेछन् ।

त्यस्तै, एक्सचेन्जमा उच्चतम मूल्यांकन, विभिन्न एसेशरिजहरू, निस्शुल्क कफी पिउन पाउने छन् । साथै, ग्राहकले चेतक स्कुटरको फ्री टेस्टराइड पनि गर्न पाउने छन् ।
यस्तो छ स्कुटर
बजाज चेतक ३५०१ मा ३.५ किलोवाटको फ्लोरबोर्ड-माउन्ट गरिएको ब्याट्री उपलब्ध छ । जसलाई ० देखि ८० प्रतिशत चार्ज गर्न झन्डै ४ घण्टा समय लाग्छ । यो एकपटकको फुलचार्जमा १२७ किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ ।
यो स्कुटरमा ३५ लिटरको बुट स्पेश दिएको छ । चेतकमा एलसीडी कन्सोल, म्युजिक कन्ट्रोल, हिल होल्ड असिस्ट, रिभर्स लाइट र गाइड मी–होम ल्याम्प, स्मार्टफोन कनेक्टिभिटी जस्ता अत्याधुनिक फिचरहरू दिएको छ ।


