विभागले लाइसेन्स छापिएको जानकारी फेसबुक पेजबाटै दिने

काठमाडौं । यातायात व्यवस्था विभागले अत्यावश्यक सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइेन्स) छपाई सम्बन्धी जानकारी अब फेसबुक पेजबाटै दिने भएको छ ।

सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छाप्न थालेपछि विभागले आफ्नो फेसबुक पेज (हेल्लो यातायात व्यवस्था विभाग)बाटै जानकारी दिने भएको हो ।
विभागले यसअघि लाइसेन्स छपाइको जानकारी अनलाइन सिस्टम (http://applynew.dotm.gov.np/login) मार्फत अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाइका लागि अनलाइन आवेदन दिनेलाई फारम एप्रुभ भएको ७२ घण्टा भित्र लाइसेन्स लिन आउनु भन्दै नोटिफिकेसन दिने गरेको थियो ।

तर, गत भदौ २४ जेनजी आन्दोलनको क्रममा विभागमा आगजनी हुँदा अनलाइन सिस्टम समेत जलेर ध्वस्त भएको थियो । अहिले उक्त प्रणाली आंशिक रुपमा संचालनमा ल्याइएकाले फेसबुक फेजबाट जानकारी दिने व्यवस्था गरिएको विभागले जनाएको छ ।

विभागले हाल सुरक्षण मुद्रण केन्द्रबाट क्यूआर कोड सहितको अत्यावश्यक लाइसेन्स छपाई सुरू गरेको छ । विभागले अब केन्द्रबाट छापिएर आएका लाइसेन्सहरूको विवरण आफ्नो फेसबुक पेजबाट प्रकाशित गर्नेछ । आफ्नो नाम हेरी आवेदकहरू भिागमा जानुपर्नेछ ।

विभागले पेजमा नाम प्रकाशित भएका आवेदकहरूलाई सक्कल राजस्व रसिद (नवीकरण तथा वर्ग थपको हकमा पुरानो सवारी चालक अनुमतिपत्र) साथमा लिई विभागमा उपस्थित हुन भनेको छ ।


Back_to_top