काठमाडौं । बजाज डोमिनार डे सुरू भएको छ । नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले नक्सालस्थित बाइकर्स क्याफे डोमिनार डे सुरू गरेको हो ।
डोमिनार डेमा टेष्ट राइड तथा एक्सचेन्जका साथ फाइनान्स सुविधामा डोमिनार खरिदसमेत गर्न सकिन्छ ।
डोमिानार डेमा डोमिनार खरिद गर्दा ग्राहकले अल्फाको राइडिङ ज्याकेट, एमटी फुल फेस हेलमेट र एनपीएल सिजन टिकेट निःशुल्क पाउने छन् ।
त्यस्तै, आफूसँग भएका पुराना सवारी एक्सचेन्जमा गरी डोमिनार किन्न चाहाने ग्राहकले तत्कालै उत्कृष्ट भ्यालुएसन पाउने छन् । साथै, फाइनान्स सुविधमा मोटरसाइकल किन्न चाहने ग्राहकले नागरिकताकै भरमा डोमिनार घर लान सक्नेछन् ।
यो योजना बजाज डोमिनार २५० र ४०० दुवै भेरियन्टमा लागू हुने कम्पनीले जनाएको छ ।
आजदेखि सुरू भएको डोमिनार डे ५ डिसेम्बरसम्म संचालन हुनेछ । यो क्याम्पमा हरेक टेष्ट राइड गर्ने राइडरले बजाज डोमिनारको मर्चेन्डाइज प्राप्त गर्नेछन् ।

