मौसमका कारण तराईका आधादर्जन विमानस्थल बन्द

काठमाडौं । प्रतिकूल मौसमका कारण तराई क्षेत्रका आधादर्जन विमानस्थल बन्द भएका छन् ।

बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिट कम हुँदा ती विमानस्थलहरूमा उडान/अवतरण हुन नसकेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार शुक्रबार दिउँसोसम्म भैरहवा, जनकपुर, सिमरा, नेपालगन्ज र धनगढी विमानस्थल संचालनमा आउन नसकेका हुन् ।

प्रतिकूल मौसमका कारण विमानस्थल बन्द हुँदा सयौँ यात्रु अलपत्र परेका छन् । ती विमानस्थलबाट काठमाडौं आउने र काठमाडौंबाट जाने यात्रुहरु समस्यामा परेका हुन् ।

काठमाडौंको मैसम सफा रहे पनि उता जहाज अवतरण गर्न नसक्ने भएपछि यहाँबाट उडेका छैनन् । बुद्ध एयर, श्री एयरलाइन्स , यती एयरलाइन्स लगायतका यात्रुहरू प्रभावित भएका छन् । उनीहरू अहिले पनि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल मौसम खुल्ने प्रतीक्षामा छन् ।


Back_to_top