३ महिना पोखरा-जोमसोम हवाई उडान नहुने

काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीहरूले ३ महिनाका लागि पोखरा मुस्ताङ हवाई नियमित हवाई उडान स्थगित गरेका छन् ।

पोखराबाट नियमित उडान भर्दै आएका तारा एयर र समिट एयरलाइन्सले ३ महिना हवाई उडान स्थगित गरेका हुन् ।

नागरिक उड्यन कार्यालय जोमसोमका अनुसार एयरलाइन्सहरूले प्रतिकूल मौसम, हिमपातको सम्भावना, यात्रुको अभाव लगायत कारण देखाउँदै सन् २०२६ मार्चसम्म हवाई उडान स्थगित गरेका हुन् ।

तारा एयरलाइन्सले डिसेम्बर ४ देखि मार्च १ सम्म  पोखरा-जोमसोम नियमित उडान स्थगित गरिएकाे जनाएकाे छ । त्यस्तै, समिट एयरले पनि अब २ महिना नियमित उडान नगर्ने जनाएकाे छ ।

नियमित उडान स्थगित भए पनि चार्टर र आपत्कालीन हेली सेवा भने नरोकिने कार्यालय प्रमुख दीपक पोखरेलले जानकारी दिए ।

हिउँदयाममा मुस्ताङमा हावाहुरी चल्ने भएकाले पनि हवाई उडान प्रभावित हुने गर्छ । साथै, पछिल्लो समय बेनी-जोमसोम सडक कालोपत्र भएसँगै हवाई यात्रुको संख्या घट्दै जान थालेको छ ।


Back_to_top