काठमाडौं । नेपालका लागि दीपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले विशेष टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम ‘फेस्टिभ ड्राइभ’ सुरू गरेको छ ।
कम्पनीले क्रिसमस र नयाँ वर्ष २०२६ को अवसरमा दीपल ‘फेस्टिभ ड्राइभ’ आयोजना गरेको हो ।
पुस १० देखि १७ गतेसम्म संचालन हुने यस कार्यक्रममा ग्राहकले अत्याधुनिक ईभी प्रविधिको अनुभव गर्नुका साथै आकर्षक फेस्टिभ लाभहरू पाउने छन् ।
ग्राहकले नक्सालस्थित चांगान शोरुममा दीपलका प्रिमियम ईभी मोडेलको टेस्ट ड्राइभ गर्न सक्नेछन् । साथै अफूसँग भएका जुनसुकै ब्राण्डका पुराना गाडी साटेर नयाँ दीपल ईभी घर लैजान सक्नेछन् ।
कार्यक्रममा ग्राहकले फेस्टिभ डेकोरेसन, सान्टा रोबोटको अनुभवका साथै आकर्षक गिफ्ट ह्याम्पर पनि पाउने छन् ।
नविनता, जीवनशैली र उत्सवलाई एउटै प्लेटफर्ममा समेट्ने प्रयास स्वरुप यो अभियान सुरू गरेको कम्पनीको भनाइ छ ।


