एलआरआर मोटर्सद्वारा चलचित्र ‘एक्लो-१’ विशेष सहयोग

काठमाडौं । नेपालका लागि जेवाई एयर ईभीको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले आफ्ना ब्राण्ड एम्बेसडर विजय लामा अभिनित नेपाली चलचित्र ‘एक्लो-१’ विशेष सहयोग गरेको छ ।

कम्पनीले चलचित्रको क्रियटिभ टिमलाई विशेष चलचित्र प्रदर्शन आयोजना गरी पूर्ण सहयोग प्रदान गरेको हो ।

उक्त विशेष स्क्रिनिङ जेवाई एयर ईभीका ग्राहक, उनीहरूका परिवारका सदस्य, सञ्चारकर्मीहरूका लागि आयोजना गरिएको थियो।

वरिष्ठ क्याप्टेन, कलाकार लामा प्रमुख अभिनेता रहेको उक्त चलचित्र गत सातादेखि नेपालभरका सिनेमा हलहरूमा प्रदर्शन भइरहेको छ।

नेपाली समाज र कला क्षेत्रमा उनले पुर्याउँदै आएको बहुआयामिक योगदानको कदरस्वरूप चलचित्रका टिकट खरिद गरी सामूहिक रूपमा चलचित्रको उत्सव मनाउँदै नेपाली चलचित्र उद्योगलाई सहयोग गरेको कम्पनीले जनाएको छ ।

एलआरआर मोटर्सका प्रबन्ध निर्देशक जीवनजंग शाहीले ब्राण्ड एम्बेसडरप्रतिको सम्मान मात्र नभई नेपाली चलचित्र र सर्जनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्न सहयोग गरेको बताए ।

‘विजय लामाले अनुशासन, नेतृत्व, सिर्जनशीलता र उद्देश्यको प्रतिनिधित्व गर्नुहुन्छ, जुन मूल्यहरू जेवाई एयर ईभी ब्रान्ड र एलआरआर मोटर्ससँग गहिरो रूपमा मेल खान्छन्। ‘एक्लो-१’ प्रति हाम्रो समर्थन केवल हाम्रो ब्रान्ड एम्बेसडरप्रतिको सम्मान मात्र नभई नेपाली चलचित्र र सर्जनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने हाम्रो प्रतिबद्धता पनि हो। हामी विजय लामा तथा ‘एक्लो-१’ टिमसँग उभिन पाउँदा गर्व महसुस गर्छौं,’ उनले भने ।

एम्बास्डर लामाले एआरआर मोटर्सप्रति आभार व्यक्त गरे । ‘एलआरआर मोटर्स तथा जेवाई एयर ईभी परिवारप्रति म हार्दिक आभार व्यक्त गर्दछु। ‘एक्लो-१’ मेरो लागि कलाकारको रूपमा निकै व्यक्तिगत यात्रा हो, र यस्तो समर्थनले मलाई मात्र होइन, चलचित्रसँग जोडिएका सम्पूर्ण टिमलाई थप हौसला प्रदान गर्दछ। नेपालमा कला, संस्कृति र कथावाचनलाई साँचो अर्थमा साथ दिने कर्पोरेट ब्रान्ड देख्नु प्रेरणादायी कुरा हो,’ उनले भने ।


Back_to_top