दीपल ‘ई-०७’ टेस्ट ड्राइभ रिभ्यू : सस्पेन्सन र सिटले ‘सुपर लग्जरी’

काठमाडौं । दीपलको ट्रान्सफर्मर एसयूभीको नयाँ भर्सन आजबाट नेपाली बजारमा बिक्री सुरू हुने भएकाे छ । एमएडब्लू वृद्धिले दीपल ई-०७ ट्रान्सफर्मर एक्स आधिकारिक बिक्री थाल्न लागेको हो ।

अघिल्लो वर्ष नेपाली बजारमा आएको ई-०७ को फेसलिफ्ट मोडलको रूपमा कम्पनीले यसको बिक्री थाल्दैछ । यो एसयूभीको मुख्य विशेषता भनेकै एक बटन थिचेकै भरमा एसयूभीको पछाडिको भागलाई पीकअपमा परिणत गर्न सक्नु हो । साथै, गाडीमा प्रयोग भएको एयर सस्पेन्सन र सिटले ‘सुपर लग्जरी’ एसयूभीको ‘फिल’ प्रदान गर्छ ।

हामीले उपत्यकाको बाक्लो ट्राफिकदेखि पहाडी बाटोमा पनि यसलाई चलाएर हेरेका छौं । खासगरी, यसमा रहेको १९० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटरले उत्कृष्ट पावर प्रदान गर्छ । यसको पीकटर्क ३६५ न्युटन मिटर छ ।

दीपलले ई-०७ मा निकै ठूलो ब्याट्री दिएको छ । ८९.९८ किलोवाट आवरको गोल्डन शिल्ड ब्याट्री उपलब्ध एसयूभीले सिंगल चार्जमा ५६६ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीको परीक्षणले प्रमाणित गरेको छ । यसले २४० किलोवाट क्षमताको डीसी चार्जर समेत सपोर्ट गर्नेछ ।

यसको इन्टेरियरमा २८.८६ इन्चको हेडअप डिस्प्ले, १५.४ इन्चको सनफ्लो टच स्क्रीन, नापा लेदर सिट, सबै सिट हिटेड/भ्यान्टिलेटेड पाउन सकिन्छ । एडास भित्रका १४ भन्दा धेरै सुरक्षा फिचर उपलब्ध ई-०७ मा उत्कृष्ट कलर र टेक्नोलोजीसहितको ३६० डिग्री क्यामेरा दिएको छ ।


Back_to_top