काठमाडौं । नेपाली बजारमा जिली ईएक्स फाइभ इलेक्ट्रीक एसयूभीको मूल्य बढेको छ । नेपालका लागि ईएक्स फाइभको आधिकारिक बिक्रेता एआरआर मोटर्सले आजदेखि लागू हुने गरी मूल्य बढाएको हो ।
कम्पनीले ईएक्स फाइभको दुवै भेरियन्टको मूल्य समान १ लाख ९९ हजार रुपैयाँ बढाएको छ । कम्पनीका अनुसार यसअघि ६८ लाख रुपैयाँमा बिक्री हुँदै आएको ईएक्स फाइभ म्याक्सको मूल्य बढेर ६९ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, जिली ईएक्स फाइभ प्रोको मूल्य ५८ लाख रुपैयाँबाट बढाएर ५९ लाख ९९ लाख रुपैयाँ पुर्याइएको कम्पनीले जनाएको छ ।
अमेरिकी डलरको विनिमय दरमा भएको निरन्तर वृद्धि, आयात लागतमा परेको प्रभावका लगायत कारण मूल्य समायोजन गर्नु परेको एलआरआर मोटर्सका सेल्स हेड अधिर श्रेष्ठले बताए ।
जिली ईएक्स फाइभले नेपालभरका ग्राहकहरूबाट अत्यन्त उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । तर, मुद्रा विनिमय दरमा भएको उतारचढाव, बाह्य आर्थिक कारणले मूल्य समायोजन गर्नुपर्ने अवस्था आएको हो,’ उनले भने ।
बढेको मूल्य काठमाडौं, नारायणगढ, विराटनगर, बुटवल, नेपालगञ्ज लगायत देशभरका सबै शोरुममा लागू भएको कम्पनीले जनाएको छ ।
मूल्य वृद्धि भए पनि आफ्नो जारी नववर्ष बिक्री योजना यथावत् रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस योजनामा ग्राहकले थाइल्याण्ड भ्रमणसहित स्मार्ट कफी मेसिन, एडाप्टेबल चार्जर, आकर्षक नगद छुट, सहज वित्तीय सुविधा लगायतका आकर्षक अफरहरू पाउने छन् ।


